एसबीआई बैंकले गाडी किन्न ९.९९ प्रतिशत व्याजदरमा कर्जा दिने

काठमाडौं । नाडा अटो शो २०१९ को अघिल्लो दिन नेपाल एसबीआई बैंकले अटो लोनमा नयाँ अफर सार्वजनिक गरेको छ । बैंकले ९.९९ प्रतिशतमा सवारीसाधन कर्जा सार्वजनिक गरेको हो ।

बैंकले गाडी किन्न चाहने ग्राहकले आजैबाट यस अफर योजना अन्तर्गत रहेर गाडी किन्न सकिने जनाएको छ । साथै, यो योजना ३० नोभेम्बरसम्म चालु रहने जनाइएको छ । 

बैंकले आउँदै गरेका चाडपर्व दशैं तिहार र छट पर्वसम्म यो योजना कायम रहने जनाइएको छ । यसका साथै बैंकले होमलोन पनि १०.९९ प्रतिशतमा दिने जनाएको छ । 


Back_to_top