यति एयरको बिमान दुर्घटना, त्रिभुवन विमानस्थल बन्द

काठमाडौं । त्रिभुवन विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । शनिबार बेलुका नेपालगञ्जबाट काठमाडौं आएको विमान अवतरणको क्रममा दुर्घटनामा परेको हो ।

भारी वर्षाका कारण अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर विमान घाँसे मैदानमा पुगेको हो । घटनापछि अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण बन्द भएको विमानस्थल स्रोतले जनायो ।

विमानका यात्रु सकुसल रहेका छन् । घटनाबारे थप विवरण आउन  भने बाँकी छ ।


Back_to_top