काठमाडौं । नेपालकै पहिलो मोटरसाइकल तथा स्कुटर निर्माता यात्री मोटरसाइकलले ब्राण्डमा काम गर्ने मानिस माग गरेको छ । यात्री मोटरसाइकलले समाजिक संजाल फेसबुक पेजमा रणनीति विशेषज्ञ आवश्यक परेको सूचना प्रकाशित भएको हो ।
सिप्रदीले लगानी गरेसँगै ‘सिप्रदी यात्री’ नामबाट ब्राण्ड विशेषज्ञको लागि विज्ञापन आह्वान गरिएको हो । यात्री प्योर इलेक्ट्रीक दुईपाङ्ग्रे ब्राण्ड हो । नेपाली पूँजी, सिप र डिजाइनमा स्थापना भएको यात्री ब्राण्डमा आउने नयाँ स्कुटर ‘पी-२’ र इलेक्ट्रीक मोटरसाइकल पी-१ को अपडेट मोडल छिट्टै बजारमा आउँदैछ ।
बजारमा आउने नयाँ प्रोडक्टसँगै कम्पनीले ब्राण्डिङको काम सुरू गर्न लागेको अनुमान गर्न सकिन्छ । सिप्रदीको प्रवेशसँगै पहिलो पटक सामाजिक संजालमा सिप्रदी यात्री उल्लेख गरेर ब्राण्ड विशेषज्ञको दरखास्त माग गरिएको छ ।
कम्पनीले आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘हामी परम्परागत मार्केटरको खोजीमा छैनौं । हामीले खोजेको मानिसले कल्चरको विकास गर्न सकोस् । केही ब्राण्डहरू किन जीवित हुन्छन् भन्ने सोचमा अल्झिएका मानिस र अन्यले छुटाएका विवरण याद गर्ने मानिसहरूको खोजी गर्ने विषय उल्लेख गरेको छ ।’
यात्रीले ब्राण्डिङलाई एउटा क्याम्पेन वा पोस्टरमा सीमित नगरी स्टोरिटेलिङ, एस्थेटिक, कम्युनिटी र आइडेन्टिटीको बारेमा बुझेको मानिस हुनुपर्ने उल्लेख गरेको छ ।


