एक्सप्रेस-टीका चालकलाई ढुक्क, सर्भिस सेन्टर अब १५ घण्टा खुल्ने

काठमाडौं । विद्युतीय ट्याक्सी एक्सप्रेस-टीको डेडिकेटेड सर्भिस सेन्टर अब दैनिक १५ घण्टा खुला रहने भएको छ ।

टाटा मोटर्स नेपालले ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै बालकुमारीस्थित आफ्नो डेडिकेटेड सर्भिस सेन्टर १५ घण्टा खुला राख्ने भएको हो ।

कम्पनीका अनुसार अब उक्त सर्भिस सेन्टर बिहान ७ बजेदेखि राति १० बजेसम्म खुला रहनेछ। यसअघि बिहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म मात्र खुला रहन्थ्यो ।

काठमाडौं उपत्यकाका अधिकांश ट्याक्सी चालकले आफ्नो व्यस्त कार्यतालिका बीच सहज रूपमा सर्भिसिङ तथा मर्मत सेवा लिन सक्ने कम्पनीले जनाएको छ।

विस्तारित समयले सवारी सञ्चालनमा न्यून अवरोध ल्याउँदै छिटो, सहज र भरपर्दो सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार बालकुमारीपछि गोंगबु र भक्तपुरस्थित डेडिकेटेड सर्भिस सेन्टरहरूमा समेत यही समय तालिका चाँडै लागू गरिनेछ। यसले एक्सप्रेस-टी प्रयोगकर्तालाई अझ व्यापक र सहज सेवा पहुँच उपलब्ध गराउने विश्वास गरिएको छ।

यात्रुका लागि आरामदायी तथा चालकका लागि किफायती विकल्पका रूपमा स्थापित हुँदै गएको ‘एक्सप्रेस-टी’ विद्युतीय ट्याक्सी पछिल्लो समय तीव्र रूपमा लोकप्रिय बन्दै गएको छ। उत्कृष्ट ड्राइभिङ अनुभव, कम सञ्चालन खर्च तथा बलियो बिक्रीपछिको सेवा प्रणालीका कारण यो ट्याक्सी धेरै चालक र यात्रुको रोजाइमा परेको छ।

हाल कम्पनीले पाटन, एकान्तकुना, सानेपा, जोरपाटी, बनस्थली, गुह्येश्वरी, गोंगबु, भक्तपुर, टिकाथली, नेपालगञ्ज, खाडीचौर, चन्द्रागिरी र स्वयम्भू गरी १३ स्थानमा डेडिकेटेड फास्ट चार्जिङ सुविधा संचालन गरिरहेको छ। साथै बालकुमारी, गोंगबु र भक्तपुरस्थित सर्भिस सेन्टरमार्फत नियमित सर्भिसिङ तथा रिपेयर सेवा उपलब्ध छन् भने अत्याधुनिक भक्तपुर शोरुमबाट बिक्री सेवा समेत प्रदान भइरहेको छ।

एक्सप्रेस-टीले ग्राहकलाई थप निश्चिन्त बनाउन १ वर्षको अटो प्लस बीमा, ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरसम्म निःशुल्क नियमित सर्भिसिङ, ५ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्म ब्याट्री र मोटरमा वारेन्टी सुविधा दिएको छ ।

विस्तारित सर्भिस समयसँगै एक्सप्रेस-टीले विद्युतीय ट्याक्सी प्रयोगकर्तालाई अझ छिटो, सहज र भरपर्दो सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।


Back_to_top