काठमाडौं । इलेक्ट्रीक एसयूभी जिकर एक्स खरिद गर्दा १५ लाख रुपैयाँ छुट पाइने भएको छ ।
नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटोकर्पले विशेष चाडपर्वको अवसरमा ल्याएको ‘जिकर फेस्टिभ थ्रिल’ अफरमा यस्तो छुट पाइने भएको हो ।
कम्पनीका अनुसार यसअघि ८४.९९ लाख रुपैयाँमा बिक्री हुँदै आएको जिकर एक्स चाडपर्व अफर अन्तर्गत अब ६९.९९ लाख रुपैयाँमा खरिद गर्न सक्नेछन् ।
साथै, ग्राहकले ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी, १ वर्षको अटो प्लस इन्स्योरेन्स, १ वर्षको सडक कर र ७ किलोवाट वाल चार्जर पाउने छन् ।
त्यस्तै, चाडपर्व अवधिमा जिकर एक्स किन्ने ग्राहकले सहज फाइनान्स सुविधा र विशेष छुट पाउने कम्पनीले जनाएको छ । यी सुविधाहरूमा सर्त तथा नियमहरू लागू हुने छन् ।
जिकर एक्समा २०० किलोवाट मोटर पावर, लेभल २ एडास प्रणाली, १९१ मिलिमिटर ग्राउण्ड क्लियरेन्स, ७ वटा एयरब्याग छन् । यो गाडीले युरो एन क्याप, चाइना एनक्याप र ग्लोबल एन क्यापमा ५ स्टार सेफ्टी रेटिङ पाएको छ ।

