काठमाडौं । नेपालका लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जीओ अटोमोबाइल्सले विश्वस्तरीय डिजाइनको फोर्डको इकोस्पोर्ट एसई पेट्रोल भेरियन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ ।
भारतमा सार्वजनिक भएको भोलिपल्टै नेपालमा पनि इकोस्पोर्ट एसई सार्वजनिक गरिएको हो । आधिकारिक विक्रेता जीओका अनुसार नेपालमा यस गाडीको मूल्य ४७ लाख ५० रुपैयाँ तोकिएको छ ।
छनोटको विस्तार र ग्राहकको चाहना र महत्वलाई विशेष ध्यानमा राखी फोर्डले नयाँ संस्करणको इकोस्पोर्ट एसई गाडी सार्वजनिक गरेको छ ।
फोर्डको यस नयाँ भेरियन्टमा डिजाइन संकेत अमेरिकी र युरोपेली कम्प्याक्ट एसयूभी लिइएको छ । यसमा पछाडि राखिने जगेडा चक्का रहने छैन ।
नयाँ सुरुचिपूर्ण डिजाइन भएको टेलगेट, ड्युअ टोन पछाडिको बम्पर जसमा रहेको सिल्भर एप्लिकले यसको बनावटलाई झन आकर्षक बनाइएको छ ।
यसका अलावा यस विशेष संस्करणको इकोस्पोर्टमा बोल्ड लुक्स र ग्रील, १६ इन्च एलोई व्हीलस्, उच्च ग्राउन्ड क्लियरेन्सको विशेषतालाई जोड दिइएको छ । जसले एसयूभी भेरियन्टलाई अझ बढावा दिने विश्वास गरिएको छ । यसमा राखिएको पन्चर किटले केही मिनेटमै टायर नझिकेरै पंचर मर्मत गर्न सकिने सुविधा प्रदान गर्नेे छ ।
टाइटानियम इकोस्पोर्टको यस विशेष संस्करणले उच्चतम् प्रविधि र कनेक्टिभिटीको विरासतलाई अघि बढाउँदै फोर्डको प्रसिद्ध सिङ्क–३ सूचना र मनोरञ्जन प्रर्णालीलाई एप्पल कारप्ले र एन्ड्रोईड अटोसँग एकीकृत गरेको छ ।
नयाँ इकोस्पोर्ट एसईमा विश्वसनीय १.५ लिटर टीआइभीसीटी पेट्रोल इन्जिन राखिएको छ । जसले यस सेग्मेन्टकै सबैभन्दा राम्रो १२२ पीएस पावर र १४९ एनएम टर्क प्रदान गर्छ । डिजेल इन्जिन इकोस्पोर्ट एसईको छनोट गर्न चाहनेका लागि १.५ लिटर नेतृत्वदायी प्रदर्शन गर्ने टीडीसीआइ उच्चस्तरीय डिजेल इन्जिनका साथ पनि यो गाडी उपलब्ध छ । जसले १ सय पीएस पावर र २१५ एनएम टर्क प्रदान गर्छ ।
भारतीय अटो क्षेत्रको नेतृत्वदायी मिडिया अटोकार ईन्डियाले २०२० को मर्मत रिपोर्टमा फोर्ड इकोस्पोर्ट मर्मत खर्चका हिसाबले एकदमै कम लागत भएको कारको सूचिमा राखेको थियो, जसलाई पनि यस गाडीको उपलब्धिको रुपमा लिन सकिन्छ ।
फोर्डले हालै २०२१ इकोस्पोर्ट लाईनअप प्रस्तुत गरेको थियो, जसले यसमा निम्न अतुलनिय विशेषता रहेको उल्लेख गरिएको छ ।नयाँ भेरियन्टमा चालक र यात्रुको उच्च सुरक्षाका लागि यसमा ६ वटासम्म एयरब्याग, ९ इन्चको टचस्क्रीन, इन्फोटेन्मेन्ट सिस्टम, सनरुप, स्वचालित एचआइडी हेडल्याम्प लगायत फिचर दिएको छ ।


