काठमाडौं । इसुजुको लागि नेपालको आधिकारिक बितरक कन्टिनेन्टल प्राइभेट लिमीटेडले कालिमाटी वल्खुमा नयाँ स्वरुम खोलेको छ । उपत्यकाको लागि इसुजु गाडिको डिलर टाइम्स मोटर प्रालिले उक्त शोरुम संचालनमा ल्याएको हो ।
कम्पनीका चेयरम्यान सुहुदराज घिमिरीले देशभर संचालित १५ ओटा वितरण तथा सर्भिस नेटवर्क मार्फत प्रभावकारी सेवासंगै उत्कृष्ट पार्टपुर्जा उपलब्ध गराउँदै आएको दाबी गरे । यसैबिच कम्पनीले दशैं, तिहार चाडपर्वलाई लक्षित गर्दै आफ्ना कारमा एक लाख ५० हजार देखि पाँच लाख सम्म छुट दिने भएको छ ।
इसुजी कम्पनी नेपालमा उपलब्ध चार पाँग्रे कम्पनीमध्ये सबैभन्दा बढि वारेन्टी दिने कम्पनी अन्र्तगत पर्छ । हाल, यसले तीन वर्ष वा एक लाख किलोमिटर सम्म वारेन्टी प्रदान गर्दै आएको छ ।
इसुजुले नेपाली बजारमा २४ लाख ९० हजारदेखि १ करोड ४४ लाख ९० हजार सम्मका गाडि बिक्री गर्दै आएको छ ।


