काठमाडौं । मोरिस ग्यारेज (एमजी) को पहिलो इलेक्ट्रीक कार जेडएस नेपाली बजारमा बुकिङ खुल्ला भएको २ महिना पुरा भएको छ । अब भने कम्पनीले ल्याउने पहिलो लटमा ४० यूनिट इलेक्ट्रीक जेडएस बाटोमा आउने क्रममा रहेको जानकारी दिएको छ ।
कम्पनीले नेपाल मगाएको पहिलो लट अबको केही दिनमा कठामाडौं आईपुग्ने एमजीको लागि नेपालको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले जानकारी दिएको छ । कम्पनीले १ लाख रुपैयाँ बुकिङ रकम लिएर गाडी बुकिङ गरिरहेको छ ।
‘फ्याट्रीबाट नेपाल आउने पहिलो लटमा ४० यूनिट कार हिडिसकेको छ, नोभेम्बर अन्त्यसम्ममा हामी पहिलो ४० ग्राहकलाई गाडी हस्तान्त्रण गर्छौ’, कम्पनीका जनरल मेनेजर सचिन अर्यालले मेरोअटोसँग भने ।
योपनि पढ्नुस्: एमजीको इलेक्ट्रीक कार टेष्ट ड्राइभः मूल्य अनुसारको पावर, फिचर र उच्च ग्राउन्ड क्लियरेन्स
अर्यालकानुसार कम्पनीले अहिले १४० यूनिट इलेक्ट्रीक जेडएसको बुकिङ लिएको छ । जसमा उपत्यकाबाट १०६ यूनिट बुकिङ भएको छ भने उपत्यका बाहिर चितवन, बुटवल र पोखाराबाट बुकिङ लिइएको छ ।
सबै बुकिङ गरेका ग्राहकलाई गाडी दिन भने डिसेम्बर अन्त्यसम्म लाग्ने उनले जानकारी दिए ।
कस्तो छ इजेडएस ?
नाडा अटो शो २०१९ मा नयाँ इलेक्ट्रीक गाडी इजेडएस नेपालमा सार्वजनिक गर्ने भनिएपनि कम्पनीले अटो शो सकिएको तीन दिनपछि मात्रै गाडी ल्याएको थियो । त्यसपछि विभिन्न चरणमा टेष्ट ड्राइभ आयोजना गर्दै कम्पनीले गाडीको मार्केटिङ गरिरहेको छ ।
योपनि पढ्नुस्: एमजी इजेडएस नेपाल आइपुग्यो, भोलिदेखि टेष्ट ड्राइभ गर्न सकिने
नेपाली बजारमा यसको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको इलेक्ट्रीक जेडएसले एकपटकको फुलचार्जमा २५० देखि ४२८ किलोमिटरसम्म माइलेज दिने दाबी गरिएको छ ।
कारमा यात्रु र चालकको सुरक्षाको लागि ६ वटा एयरव्याग, प्यानारोमिक सनरुफ, इलेक्ट्रीक एड्जस्टेवल सिट जस्ता फिचर उपलब्ध रहेको छ ।
योपनि पढ्नुस्: ४२८ किमि माइलेज दिने एमजीको इलेक्ट्रीक कारको बुकिङ्ग खुल्ला, मूल्य ५० लाख
योपनि पढ्नुस्: एमजीले ल्याउँदै नयाँ इलेक्ट्रीक कार

