रोयल इन्फिल्ड हिमालयन नयाँ कलरमा सार्वजनिक

रोयल इन्फिल्डले इक्मा अटो शोमा हिमालयनलाई थप ३ नयाँ कलरमा प्रदर्शन गरेको छ । कम्पनीले यो मोटरसाइल २०२० मो मध्यमा बजारमा ल्याउने जनाएको छ । उक्त एड्भेन्चर मोटरसाइकल हिमालयनलाई कम्पनीले लेक ब्लू, रक रेड र ग्रेभल ग्रे कलरमा प्रदर्शन गरेको छ ।

कम्पनीले यी लेक ब्लू र रक रेड कलरलाई गल्सी फिनिसिङका साथ क्रोम टच दिएको छ । ग्रेभल ग्रे कलरलाई भने ग्रेनाइट ग्रेमा फिनिसिङ दिएको छ । लेक ब्लू कलरमा कम्पनीले फ्यूल ट्याङकको अग्र भागमा ब्लू कलर रहेको छ । फ्यूल ट्याङक गार्ड र रियर लगेज क्यारिएरमा समेत ब्लू कलर फिनिस रहेको छ । यस्तै रक रेडले लेक ब्लूलाई रिपेल्स गरेको छ । यस्तै ग्रे कलर अप्सनमा फ्रन्ट फेन्डर र फ्यूल ट्याङकमा ग्रे कलर प्रयोग गरिएको छ । कम्पनीले ग्रे कलर अप्सन बजारमा ल्याउने नल्याउने कम्पनीले आधिकारिक जानकारी भने गराएको छैन ।  

यसका अलावा कम्पनीले अन्य परिर्वतन भने गरेको छैन् । रोयल इन्फिल्ड हिमालयनको फ्रन्टमा ४१ एमएमको परम्परागत टेलिस्कोप फर्क र रियरमा मोनोसक रहेको छ । यसको फ्रन्टमा ३०० एमएमको डिस्क र रियरमा २४० एमएमको डिस्क ब्रेकका साथै डबल च्यानल एबीएस सुविधा रहेको छ ।

४११ सीसी एयरकुल्ड एसओएचसी एफआई इन्जिन रहेको छ । ५ स्पीडको गियरबक्स रहेको यो इन्जिनले २४ पीएस पावर तथा ३२ एनएम टर्क जेनेरेट गर्छ । बीएस ४ स्टयान्डर्ड हिमालयनको मूल्य १ लाख ८१ हजार भारतीय रुपैयाँ रहेको छ भने बीएस ६ सार्वजनिक हुँदा १० हजार मूल्य वृद्धि हुने अनुमान गरिएको छ ।


Back_to_top