यामाहाले सन् २०२० बाट अन्तर्राष्ट्रिय बजारमा बिक्री सुरु गर्ने मोटरसाइकल ट्रेसर स्पोर्टस ७०० मिलानमा सार्वजनिक गरेको छ । कम्पनीले इटलीको मिलानमा आयोजना भएको EICMA अन्तर्राष्ट्रिय मोटरसाइकल शोमा उक्त मोटरसाइकल सार्वजनिक गरेको हो ।
लामो र रोमाञ्चक यात्रा गर्न चाहने ग्राहकलाई ध्यानमा राखि कम्पनीले तयार गरेको यो एडभेन्चर मोटरसाइकलले उक्त मोटरसाइकल शोमा धेरैको ध्यान खिच्न सफल भएको छ । यसलाई युवा वर्गले मनपराउनुमा यसमा दिइएको अधिकांश फिचर वाईजेडएफ– आर१ र एमटी सिरिजबाट लिइनु मुख्य हो ।
ठूलो एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, ट्वीन प्रोजेक्टर हेडल्याम्प, स्प्लीट हलोजीन हेडयाम्प सेट, एलइडी डिआरएल ल्याम्प, सहजै मिलाउन सकिने विडस्कृन जस्ता फिचरले यो टुरर मोटसाइकललाई उत्कृष्ट बनाएको छ ।

उक्त मोटरसाइकलमा ६८९ सीसी क्षमताको लिक्वीड कुल्ड डिओएचसी ४ स्टोक, ८ भल्भ इन्जिन दिइएको छ । जसले ८७५० आरपीएममा ७२.४ पीएस पावर र ६५०० आरपीएममा ६८ एनएम टर्क प्रदान गर्छ । जसमा ६ स्पीड गिएरबक्स जडान भएको कम्पनीको आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ । ब्रेकिङलाई उत्कृष्ट बनाउन कम्पनीले यसमा अगाडि २८२ एमएमको डियुल डिस्क ब्रेक र पछाडि २४५ एमएमको सिंगल डिस्क ब्रेक दिएको छ ।
आरमादायी यात्राको लागि मोटरसाइकलको अगाडि स्प्रिङ रेटेड एड्जस्टेवल रिवाउन्ड डम्पीङ शक र पछाडि मोनोशक दिएको छ । कुल तौल १९६ किलोग्राम रहेको यस मोटरसाइकलले निकै राम्रो बजार पाउने कम्पनीले विश्वास लिएको छ ।
स्पोट्स मोटरसाइकलमा विश्व बजारमा आफ्नो अलगै पहिचान स्थापित गरेको यामाहा कम्पनीले यो मोटरसाइकलले विश्वमा एडभेन्चर मोटरसाइकलको पारखीलाई एकपटक आफुतिर आकर्षित गर्ने दाबी गरेको छ ।


