काठमाडौं । नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालले संघका पूर्वअध्यक्ष तथा ज्योति समूहका उपाध्यक्ष डा. रुप ज्योति र उनकी छोरी सुरुचीलाई प्रहरीले पक्राउ गरेकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
नाडाले आज एक विज्ञप्ती जारिगर्दै आर्थिक कारोवारमा उत्पन्न विवाद देवयानी दायित्व अन्तर्गत अधिकार प्राप्त निकायबाट हेर्नु पर्नेमा गम्भिर प्रकृतिको कसुरमा पक्राउगरि अदालतबाट म्याद थप गर्ने र थुनामा राख्ने कार्य गरेकोमा कडा आपत्ति जनाएको हो ।
उनले अदालतमा धरौटी समेत राखिसकिएको अवस्थामा थुनेर असन्धान गर्नु नपर्ने कुनै कारण नरहेको नाडाको विज्ञप्तीमा उल्लेख छ । उक्त प्रकरणमा थुनछेक लम्ब्याउने मनसाय देखिएको भन्दै नाडाले यसले समग्र व्यावसायिक क्षेत्र सशंकित भएको र व्यवसायीको मनोवल गिरेको जनाएको छ ।
नाडाले यथासक्य चाँडो यस मुद्दाको किनारा लगाई ज्योतिलाई रिहाइ गर्न गृह मन्त्रालयलाई समेत अपिल गरेको छ ।


