अब डर्ट बाइकपनि इलेक्ट्रीक

ताईवान बेस इलेक्ट्रीक मोटरसाइकल कम्पनी ओटोबाइकले इटलीको मिलानमा आयोजना भएको EICMA मोटरसाइकल शो २०१९ मा फुल इलेक्ट्रीक डर्ट बाइकको कन्सेप्ट सार्वजनिक गरेको छ । कम्पनीले यसको नाम ओटोबाइक एमएक्सआर राखेको छ ।

मिडिया रिपोर्टका अनुसार एमएक्सआर चालकको लागि निकै सहज बाइक रहेको र यसको टप स्पीड क्षमता १२० किलोमिटर प्रतिघण्टा रहेको छ । यो इलेक्ट्रीक डर्ट बाइकमा ११ किलोवाटको कन्टिन्यूस रेटेड मिड–ड्राइभ मोटर दिइएको छ । जसमा लिक्विड कुलिङ सिस्टम सहितको इलेक्ट्रीक स्पीड कन्टोलर दिइएको छ ।

१०० किलोग्राम कुल तौल रहेको यस डर्ट बाइकले अधिकतम ४५ एनएम टर्क प्रदान गर्ने जनाइएको छ । 

यो डर्ट बाइक देख्दा निकै आक्रमक र स्टाइलिस रहेको छ । यसमा निकै आकर्षक एलइडी हेडल्याम्प लगाइएको छ । साथै एलसीडी ड्यासबोर्ड दिइएको जसमा विभिन्न किसिमका सुचनाहरु देख्न सकिने छ । ओटोबाइकको अनुसार नेभिगेसन, फोन कल लगायतका सुविधा ड्यासबोर्डमा उपलब्ध हुनेछ ।

यसमा कम्पनी आफैले बनाएको नन् रिमुबेवल व्याट्री दिइएको छ । जसको क्षमता ५ किलोबाट रहेको छ । उक्त व्याट्रीलाई १.२ किलोवाटको व्याट्रीले चार्ज गर्दा २ घण्टा २५ मिनेटमा ८० प्रतिशत चार्ज हुने बताइएको छ । 


Back_to_top