यस्तो छ होन्डाका बाइक तथा स्कुटरको नयाँ मूल्यसूची

काठमाडौं । होन्डाको लागि नेपालको आधिकारिक वितरक स्याकार ट्रेडिङ प्रालिले आफ्ना अधिकांस मोडलको मूल्य परिमार्जन गरेको छ । कम्पनीले बजारमा सात स्कुटर र १२ मोटरसाइकल सहित १९ मोडलको बिक्री वितरण गर्दै आएकोमा नयाँ मूल्य अनुसार दुई हजारदेखि १६ हजार रुपैयाँसम्म मोडल हेरेर मूल्य वृद्धि गरेको हो ।

कम्पनीका अनुसार एभिएटर एलइडी स्कुटरको मूल्य पाँच हजार रुपैयाँले बढ्दै २ लाख ९ हजार ९ सय रुपैयाँ पुगेको छ  । 

दुई भेरियन्टमा बिक्री भइरहेको डियो स्कुटरको एसटिडी भेरियन्टको मूल्यमा पाँच हजार र डिएलएक्स भेरियन्टको मूल्यमा चार हजार रुपैयाँ मूल्य बढेको हो । 

कम्पनीले एक्टिभा स्कुटरको एसटिडी र डिएलएक्स भेरियन्टको मूल्य समान तीन÷तीन हजार रुपैयाँले बढाएको छ भने, डिआरएस र डिएसएस गरि दुई भेरियन्टमा बिक्री भइरहेको ग्राजियाको मूल्य पनि पाँच हजार रुपैयाँले बढाएको हो ।

होन्डाले स्कुटरको मात्रै हैन, सबै बाइकको मूल्य पनि बढाएको छ । कम्पनीले सिडी ड्रिम डिएलएक्स बाइकको मूल्य ६ हजारले बढाउँदै १ लाख ८४ हजार ९ सय रुपैयाँ पुर्याएको छ । 

सीबी साइनको दुबै भेरियन्टको मूल्यमा तीन हजार वृद्धि भएको छ । जसमा अब सिबी डीआरएस २ लाख ३१ हजार ९ सय र सीबी डीएसएस २ लाख ३६ हजार ९ सय रुपैयाँमा बिक्री हुनेछ ।

यस्तै, अर्को बाइक युनिकर्न सीबी १६० र होन्डा एक्सब्लेड एसटिडीको मूल्य दुई हजारले वृद्धि भएको छ । 

एकै पटक आठ हजार मूल्य बृद्धि भएको सीबीआर २५० आर एसटीडी अब, ६ लाख ७९ हजार ९ सय रुपैयाँमा बिक्री हुनेछ । ११ हजार मूल्य बढेको सीबीआर २५० आर रेस्पोल एसटीडी ७ लाख २३ हजार ९ सय र दुई हजार मूल्य वृद्धि भएको २५० आर एबीएसको मूल्य ७ लाख ७८ हजार ९ सय रुपैयाँ पुगेको हो।

साथै, होन्डाको महङ्गो बाइक सीबीआर २५० आर रेस्पोल एबीएसको मूल्यमा सबैभन्दा धेरै अर्थात १६ हजार रुपैयाँ थपिएको छ । मूल्यबृद्धिसँगै यो बाइकको मूल्य ७ लाख ९२ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।


Back_to_top