काठमाडौं । हुन्डाईले आफ्नो पछिल्लो ब्राण्ड न्यू मोडल अउरा आगामी जनवरी २१ बाट भारतीय बजारमा बिक्री सुरु गर्ने भएको छ । कम्पनीले यसलाई चार मिटर भन्दा कम लम्बाई भएको सेग्मेन्ट कम्प्याक्ट सेडान क्याटगोरीमा बजारमा उतार्न लागेको हो ।
आफ्नै नयाँ मोडल ग्रान्ड आई १० नियोसबाट प्रभावित रहेको यो मोडलले डिजाइन, लुक्स तथा मूल्यको आधारमा मारुती सुजुकी स्विफ्ट डिजायर र होन्डा अमेजसँग प्रतिस्पर्धा गर्ने छ ।
यसमा बिएस ६ मापदन्ड अनुरुपको १.२ लिटर पेट्रोल र डिजेल इन्जिन दिइएको छ । ८ इन्चको टचस्क्रिन इन्फोटेनेमेन्ट सिस्टमको साथै वायरलेस स्मार्टफोन चार्जिङ लगायतका स्मार्ट फिचर्स यसमा उपलब्ध हुने छन् ।
निकै स्पोर्टी र आकर्षक देखिएको कारलाई कम्पनीले आफ्नो पछिल्लो डिजाइन ल्याङ्गवेजमा निर्माण गरेको हो । आरामदायी, सुरक्षीत, स्टाइलिस र प्रविधिले भरिपूर्ण यो कार ग्राहकले निकै मन पराउने कम्पनीको अपेक्षा छ ।
पेट्रोल र डिजेल दुबै अप्सनमा उपलब्ध हुने अउरामा १.० टर्बो जिडिआई कपा डियुल भीटीभीटी पेट्रोल इन्जिनको अलवा १.२ कपा डियुल भीटीभीटी पेट्रोल र १.२ यू२ सिआरडीआई डिजेल इन्जिन दिइएको छ ।
यसमा दिइएको १.२ लिटर पेट्रोल इन्जिनमा ५ स्पीड म्यानुयल र अटोमेटिक, १.० लिटर पेट्रोलमा म्यानुयल र १.२ लिटर डिजेलमा ५ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्सको विकल्प दिइएको छ ।


