२७१ किमि रेञ्जसहित रेनो क्विड इलेक्ट्रीक ३ दिनपछि शाेकेस हुने

रेनोले अटो एक्स्पो २०२० मा आफ्नो चर्चित मोडल क्विडको इलेक्ट्रीक भर्सन (के–जेडइ) सार्वजनिक गर्ने भएको छ । कम्पनीले आधिकारीक रुपमा यसको पुष्टी गरेको हो । क्विड इलेक्ट्रीक फेब्रुअरी ५ तारिखमा शोकेस हुने छ भने यसलाई एकपटकको फुल चार्जमा २७१ किलोमिटर चलाउन सकिने छ ।

चिनीयाँ बजारमा बिक्री भइरहेको के–जेडइ सिटी कार हो । २०१९ मा भएको चेन्दु मोटर शोबाट चीनमा बिक्री सुरु भएको यो मोडल विभिन्न ५ भेरियन्टमा बिक्री भइरहेको छ भने यसको मूल्य ६१ हजार ८०० युयानदेखि ७१ हजार ८०० युयानसम्म रहेको छ ।

रेनो के–जेडइमा ३० किलोवाट आवरको टेनरी लिथियम आयोन व्याट्री दिएको छ । यो कारले १०० किलोमिटर यात्रा गर्दा १०.८ किलोवाट व्याट्री प्रयोग गर्छ । यसमा रहेको व्याट्रीलाई डिसी फार्स्ट चार्जरले चार्जगर्दा ५० मिनेटमा ८० प्रतिशत गर्न सकिने छ ।

यसमा दिइएको व्याट्रीलाई निकै सुरक्षीत बनाइएको छ । कम्पनीको आधिकारीक वेभसाइटमा उल्लेख भएअनुसार यो गाडी ६० मिनेटसम्म गहिरो पानीमा डुब्दा ठूलो असर नपुग्नेगरि तयार गरिएको छ ।

यसमा अल डिजिटल इन्ट्रुमेन्ट कन्सोल, इन्विल्ड एलसीडी कन्ट्रोल प्यानल दिइएको छ ।


Back_to_top