गाडी किन्नेलाई ९.६ प्रतिशत व्याजदरमा कर्जा दिदै नविल

काठमाडौं । नविल बैंकले इलेक्ट्रीक कार किन्नेलाई आफ्नो बेस रेटमा १.५० प्रतिशत प्रिमियम जोडेर कर्जा प्रबाह गरिरहेको छ । वातावरण मैत्री रहने यस्ता सवारीसाधनमा ८० प्रतिशतसम्म कर्जा सुविधा दिने बैंकले जनाएको छ ।

बैंकले यस्ता सवारीसाधनमा दिदै आएको कर्जा ७ वर्षसम्मको लागि उपलब्ध गराउने जनाएको छ । अहिले कम्पनीको बेसरेट ८.१० प्रतिशत रहेको छ भने त्यसमा १.५० प्रतिशत प्रिमियम जोड्दा ग्राहकले ९.६० प्रतिशत व्याजदरमा कर्जा पाउने छन् ।

कम्पनीले इलेक्ट्रीक गाडीलाई मात्र भन्दै ल्याएको यस योजनाको दरमा नै अन्य गाडीमा पनि कर्जा सुविधा उपलब्ध रहने अनुमान गर्न सकिन्छ । पेट्रोल र डिजेल गाडीमा भने खरिदकर्ताले अनिर्वाय रुपमा ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ ।

बैंकबाट कर्जा लिने ग्राहकले दुई कपी फोटो, नागरिकताको फोटोकपी, कम्तीमा ६ महिनाको बैंक स्टेटमेन्ट, प्यान नम्बर, बासस्थानको नक्सा, मासिक आम्दानीको स्रोत खुल्ने कागजपत्र ल्याउनु पर्ने उल्लेख छ ।

बैंकले व्याजदरको अलावा ०.७५ प्रतिशत सर्भिस चार्जपनि लिने जनाइएको छ ।


Back_to_top