मासिक किस्ता ८ हजार ५ सयमा पल्सर NS-200 FI आउँदा, यामाहा MT-15 किन्नेले कति तिर्नु पर्ला ?

काठमाडौं । आजभोलि मस्कुलर मोटरसाइकल चढ्ने चाहना हरेक युवा पुस्ताले बनाएको छ । त्यसमा पनि एफआई इन्जिन, एबीएसलगायतका फिचर उपलब्ध रहेको मोटरसाइकल आजकल युवा पुस्ताको रोजाईमा पर्ने गरेका छन् । नेपाल जस्तो भू-धरातल भएको देशमा एफआई इन्जिनको महत्व बिशेष रहेको हुन्छ ।

यामाहाले गत साउनको अन्तिममा नेपाल ल्याएको एमटी १५ निकै स्टाईलिस मोटरसाइकलको रुपमा युवाहरुको रोजाईमा परिरहेको छ भने पल्सर एनएस २०० स्वभाविक रुपमा सफल मोडलको रुपमा स्थापित भइसकेको छ ।

बजाजले पल्सर एनएस २०० मा एबीएस र एफआई फिचर थप गरेर मंसिरबाट बजारमा ल्याएको छ । नयाँ फिचरको साथ उपलब्ध एनएसले उत्कृष्ट व्यापार गरिरहेको यसको आधिकारीक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले जनाएको छ ।

त्यसैगरी यामाहा एमटी १५ पल्सर एनएस २०० को तुलनामा केहि महंगो रहेको छ । यामाहाको नयाँ डिजाइन उत्पादन भएको यो मोटरसाइकल मासिक १०० युनिटभन्दा बढी बिक्री भइरहेको मोरङ अटो वर्कसले जानकारी दिएको छ ।

पल्सर एनएस २०० एफआई/एबीएस

बजाज पल्सर एनएस २०० एफआई/एबीएसको मूल्य ३ लाख ५४ हजार ९०० रुपैयाँ तोकिएको छ । यसलाई किस्तामा किन्न चाहने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । किस्तामा मोटरसाइकल किन्नेलाई हुलास इन्भेष्टमेन्टले कर्जा प्रबाह गर्ने कम्पनीले जनाएको छ ।

यदि तपाईले पल्सर एनएस २०० एफआई÷एबीएस किस्तामा किन्ने सोच्नु भएको छ भने तपाईले डाउन पेमेन्ट वापत १ लाख ७७ हजार ४५० रुपैयाँ जम्मा गर्नु पर्नेछ । त्यसपछि १ लाख ७७ हजार ४५० रुपैयाँ कर्जा वापत लिदा त्यसमा १४ प्रतिशत व्याज लाग्ने छ भने तपाईले मासिक किस्ताको रुपमा ८ हजार ५२० रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

यसमा मोटरसाइकलको बीमा वापतको लाग्ने रकम भने मोटरसाइकल किन्ने खरिदकर्ताले नै तिर्नु पर्ने हुन्छ ।

यामाहा एमटी-१५

यामाहा एमटी १५ को मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ तोकिएको छ । यसमा एक वर्षको इन्स्योरेन्स उपलब्ध हुने कम्पनीले जनाएको छ । यदि तपाईले यो मोटरसाइकल किस्तामा किन्ने सोच्नु भएको छ भने यसमा कम्पनीले दिने फाइनान्स सुविधाको अलावा तपाई आफैँले पनि फाइनान्स मिलाएर किन्न सक्नु हुनेछ । कम्पनीले दिने कर्जा सुविधामा व्याज भने १६ प्रतिशत लाग्ने छ ।

एमटी १५ को लागि खरिदकर्ताले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्नेछ । त्यसको लागि २ लाख १४ हजार ४५० रुपैयाँ सुरुमा जम्मा गर्नु पर्ने हुन्छ । सोही बराबरको रकम ऋण लिदा मासिक किस्ता वापत १० हजार ५२५ रुपैयाँ तिर्नु पर्ने हुन्छ ।


Back_to_top