अटो एक्स्पो २०२० मार्फत सुजुकीले आफ्नो नयाँ जेनेरेशन जिम्नी भारतमा सार्वजनिक गरेको छ । यसको साथै कम्पनीले सन् २०२० मा नै नेपाली बजारमा पनि जिम्नी ल्याउने तयारी गरेको छ ।
नेपालको लागि सुजुकीको आधिकारीक बिक्रेता सिजी मोटो कर्पले यसलाई नेपाल ल्याउने तयारी सुरु गरेको धेरै समय भइसकेको छ । सुजुकीको सब कम्प्याक्ट अफरोड एसयूभी विश्व बजारमा निकै रुचाइएको मोडल हो ।
जिम्नीमा १.५ लिटर क्षमताको पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले १०२ एचपी पावर प्रदान गर्छ । यसमा म्यानुअल र अटोमेटिक दुवै गियरबक्स अप्सन दिइएको छ ।
फ्रन्ट डोर निकै नै ठूलो राखिएको छ भने डोर ह्यान्डल बडी कलरमा उपलब्ध छ । यसको रग्ड लुक नै यसको मूख्य विशेषता हो ।
४ सिट क्षमता रहेको यो गाडीमा फोर ह्विल ड्राइभ अप्सन दिइएको छ । राउन्ड हेडल्याम्प, छुट्टै इन्डिकेटर, एलइडी टेलल्याम्पको बीचमा स्पेयर टायर दिइएको जिम्नी निकै आकर्षक देखिन्छ ।

