काठमाडौं । महिन्द्रा एक्सयूभी ३०० भारतमा बनेको सबैभन्दा सुरक्षीत एसयूभी भएको छ । एक्सयूभी ३०० ले ग्लोबल एनक्याप ‘सेफर च्वइस अवार्ड’ जित्न सफल भएको छ ।
महिन्द्राको सब फोर मिटर एसयूभी एक्सयूभी ३०० ले केही समयअघि भएको ग्लोबल एनक्याप क्र्यास टेष्टमा एडल्ट सेफ्टीमा ५ स्टार रेटिङ प्राप्त गरेको थियो भने चाइल्ड सेफ्टीमा ४ स्टार रेटिङ पाएको थियो । योसँगै एक्सयूभी ३०० एडल्ट र चाइल्ड सुरक्षामा सर्वाधिक धेरै अंक पाउने गाडी भएको थियो ।
एक्सयूभी ३०० ले वयस्कहरुको सुरक्षामा निकै उत्कृष्ट अंक पाएको थियो । यसले १७ पूर्णाङ्कमा १६.४२ अंक प्राप्त गरेको छ भने बच्चाको सुरक्षामा ४९ पूर्णाङ्कमा ३३.४४ पाएको थियो ।
महिन्द्रा एक्सयूभी ३०० मा सुरक्षा फिचरको रुपमा स्टायडर्ड भेरियन्टमा दुई एयरव्याग, एबीएस, इबीडी, कर्न्रिङ ब्रेकिङ कन्ट्रोल, चारै चक्कामा डिस्क ब्रेक, सिट बेल्ट रिमाइन्डर, एयरव्याग एक्टीभेसन स्विच, फ्रन्ट पार्किङ सेन्सर र टप भेरियन्टमा ६ एयरव्याग दिइएको छ ।
यस्तो छ एक्सयूभी ३००
महिन्द्रा एक्सयूभी ३०० सब फोर मिटर एसयूभी हो । यसलाई नेपाली बजारमा अग्नी इन्कर्पोरेट प्रालिले बिक्री गर्दै आएको छ । यसमा उपलब्ध १.२ लिटर टर्बो पेट्रोल इन्जिनले ५००० आरपीएममा ११० पीएस पावरकासाथै ३५ सय आरपीएममा २०० एनएम टर्क उत्पादन गर्छ । साथै, यसमा दिइएको १.५ लिटर डिजेल इन्जिनले ३७५० आरपीएममा ११५ पीएस पावर र १५२५ आरपीएममा ३०० एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पीड एमटी ट्रान्समिसन दिइएको छ ।
एक्सयुभी ३०० को लम्बाई ३९९५ एमएम, चौडाई १८२१ एमएम र उचाई १६१७ एमएम रहेको छ । यसको ह्वील बेस २६००एमएम रहेको छ । २६५ लिटर बुट स्पेश यो गाडीमा पाउन सकिन्छ ।
महिन्द्रा एक्सयूभी ३००मा किलेस इन्ट्री, पुश वटन स्टार्ट, ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कार(प्ले, एन्ड्रोइड अटो, फ्रेब्रिक अपहोल्स्ट्री, लेदर(र्याप स्टेयरिङ्ग ह्वील र गियर नोभ, कन्ट्रोल, रिभर्स पार्किङ्ग क्यामरा गाइडलाइन, सिक्स वे एड्जस्टेबल ड्राइभर सिट, अटो हेडल्याम्प र वाइपरको विशेषता दिइएको छ ।
यसको अलवा, इलेक्ट्रीकल्ली फोल्डेबल ओरभीएमएस, एम्बीएन्ट इन्टेरियर लाइटिङ्ग, वान टचअप डाउन ड्राइभर साइड विन्डो, १७ इन्च आलोय ह्वील, प्रोजेक्टर हेडल्याम्प, एलईडी डीआरएलएस, सिल्भर फिनिश फ्रन्ट एन्ड रियर स्किड प्लेट दिइएको छ ।


