आज नाइमामा लन्च हुँदै ‘आर्कफक्स टी-१’, कति पर्ला मूल्य ?

काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी बीएआइसीको सब ब्राण्ड आर्कफक्सको प्रिमियम ह्याचब्याक आर्कफक्स टी वान आज नेपालमा सार्वजनिक हुने भएको छ ।

नेपालका लागि आर्कफक्सको आधिकारिक बिक्रेता लक्ष्मी मोटरहबले जारी नाइमा मोबिलिटी एक्स्पोमा आर्कफक्स टी वानको ‘एलभी ३’ भेरियन्ट बिक्री सुरु गर्ने भएको हो ।

कम्पनीले यो ह्याचब्याक विभिन्न ५ कलरमा उपलब्ध गराउने छ । यसको लम्बाइ ४३३७ एमएम, चौडाइ १८०५ एमएम र उचाइ १५७३ एमएम रहेको छ । यसमा २७५० एमएम लामो ह्वील बेस पाउन सकिन्छ ।

१८१ एमएम ग्राउण्ड क्लियरेन्स रहेको यो गाडीको टप स्पीड क्षमता प्रतिघण्टा १४० किलोमिटर छ । आर्कफक्स टी वानमा ७० किलोवाटको इलेक्ट्रीक मोटर छ । यसले १७० न्युटन मिटर टर्क प्रदान गर्छ ।

यसमा ४२.३ किलोवाट आवरको एलएफपी ब्याट्रीप्याक छ । जसले एकपटकको फुलचार्जमा ३१० किमी डब्लूएलटीपी रेन्ज दिन्छ । यो कारलाई डीसी फास्ट चार्जिङबाट केबल २५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज गर्न सकिन्छ । यसलाई ७ किलोवाटको एसी चार्जरबाट ८ घण्टामा फुलचार्ज गर्न सकिन्छ ।

यसको क्याबिन निकै आकर्षक र फिचर लोडेड छ । यसमा १५.६ इन्चको एचडी चटस्क्रीन, ६ स्पीकर सिस्टम, भ्वाइस कन्ट्रोल, इजिलिंक, एप्पल कार प्ले, अगाडि ६६ वाटको सुपर चार्जर, पछाडि २७ वाटको यूएसबी टाइप सी चार्जिङ पोर्ट, हिटेड÷भेन्टिलेटेड सिट छ ।

यसमा इकोनोमी, स्पोर्टस्, कम्फर्ट र पर्सनलाइज्ड गरी ४ ड्राइभिङ मोड उपलब्ध छ ।

सुरक्षाका लागि यसमा क्रुज कन्ट्रोल, अटोमेटिक पार्किङ, लेन डिपार्चर वार्निङसहित विभिन्न सुविधा भएको एडास फिचर छ । साथै, इलेक्ट्रोनिक पार्किङ ब्रेक, सिटबेल्ट रिमान्डर, एबीएस, ईबीडी, ईएसपी, ४ वटा एयरब्याग, हिल कन्ट्रोल, फ्रन्ट÷रियर पार्किङ सेन्सर, रिभर्स पाथ ट्रेस लगायत सेफ्टि फिचर छन् ।

कम्पनीले यसको आधिकारिक मूल्य घोषणा गरेको छैन । तर ३५ देखि ४० हाराहारीमा आउन सक्ने अनुमान छ ।


Back_to_top