काठमाडौं । बजाजको सबैभन्दा लोकप्रिय मोटरसाइकल पल्सर २२०को एबीएस भर्सन नेपाली बजारमा बिक्री सुरु भएको छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंशराज हुलाशचन्द एण्ड कम्पनीले नेपालमा पल्सर २२० एफको एबीएस भेरियन्ट सार्वजनिक गरेको हो ।
कम्पनीले एबीएस सहितको पल्सर २२० को मूल्य ३ लाख ३२ हजार ९०० रुपैयाँ रुपैयाँ तोकिएको छ । योसँगै नेपालमा पल्सर २२० एफ दुई भेरियन्टमा उपलब्ध रहने छ । नन् एबीएस भेरियन्टको मूल्य भने ३ लाख १६ हजार ९०० रुपैयाँ रहेको छ ।
सन् २००८ बाट नेपाली सडकमा गुड्न थालेको यो बाइक करिब ३ लाखभन्दा माथि यूनिट सडकमा गुडिरहेको अनुमान गर्न सकिन्छ ।
यो मोटरसाइकलमा २२० सीसी क्षमताको पावरफुल इन्जिन लगाइएको छ । यसमा उपलब्ध इन्जिनले ८५०० आरपीएममा २०.६४ हर्ष पावरका साथै ७००० आरपीएममा १८.५५ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा पाँच स्पीड गियरबक्स लगाइएको छ । यस बाइकको टपस्पीड क्षमता प्रतिघण्टा १३४ किलोमिटर रहेको छ ।
यसको सीट हाइट ७९५ एमएम रहेको छ । १५५ किलोग्रामको यो बाइकमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ भने १५ लिटर क्षमताको इन्धन ट्यांकी लगाइएको छ ।
एक्स्चेन्ज अफर पनि
कम्पनीले उपत्यकामा रहेका सबै शोरुमबाट एक्स्चेन्ज अफर दिइरहेको छ । कम्पनीले कुनै पनि मोटरसाइकलको न्यूनतम मूल्य १५ हजार दिने जनाएको छ भने । ७ हजार नगद छुट र निःशुल्क एसोसरिज दिने जनाएको छ ।


