काठमाडौं । टुटल र पठाओ जस्ता ‘राइड सेयरिङ’ प्ल्याटर्फम बन्द हुनु पर्ने र ट्याक्सी भाडा बढाउनु पर्ने माग राख्दै आएका ट्याक्सी व्यवसायीको आन्दोललाई प्रदेश कानुनले असफल बनाइ दिएको छ ।
यातायात व्यवस्था विभागले सूचना जारी गर्दै राइड सेरिङग कम्पनीहरुले निजी प्रयोजको लागि दर्ता भएका सवारीसाधनमा प्यासेन्जर नबोक्न र बोक्नेलाई कानुनसम्मत कारवाही गर्न सूचना जारी गरेको भएपनि प्रदेश मातहत संचालन हुने यातायात क्षेत्र केन्द्रको सूचनाले काम नगर्ने अवस्थामा पुगेको हो ।
के छ प्रदेश कानुनमा
बागमती प्रदेशको ‘प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५’ को दफा १३ मा गैर व्यवसायीक सवारीको व्याख्या गरिएको छ । दफा १३ को उपदफ १ मा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त सवारीलाई गैर व्यवसायीक सवारी भनिनेछ भनि लेखिएको छ । त्यस्तै उपदफा २ मा गैर व्यवसायीक सवारी व्यवसायीक रुपमा यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन भनि लेखिएको छ ।
तर, दफा १३ को उपदफा ४ मा भने उपदफा २ मा जुनसुकै कुरा लेखिएको भएतापनि निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चारपांग्रे तथा दुईपांग्रे सवारीले तोकिएको प्रक्रिया पुरा गरि आफ्नो मार्गमा तोकिएको भाडा लिई यात्री बीमा गरि यात्रु ओसार पसार गर्न सक्नेछ भनि लेखिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अव यस्ता राइड सेयरिङ कम्पनीहरुले कानुनसम्मत काम गर्ने बतावरण तयार गर्न आवस्यक गृहकार्यको थालनी भइसकेको जनाएको छ । यस्तोमा अब टुटल र पठाओ जस्ता कम्पनीले कानुनसम्मत रुपमा सेवा संचलन गर्न सक्ने वातावरण निर्माण हुने अपेक्षा गर्न सकिन्छ ।


