काठमाडौं । युनाईटेड ट्रेडर्स सिन्डिकेट प्रालिले १४ औं टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरुको नामावली घोषणा गरेको छ । १३ मार्च, २०२० मा आयोजना गरिएको एक कार्यक्रबाट विजेता छनोटगरि उनिहरुलाई पुरस्कार र प्रमाणपत्रसहित सम्मानित गरिएको थियो ।
डिसेम्बर २०१९ देखि फेबु्रअरी २०२० सम्म संचालन भएको यस कला प्रतियोगितामा ३० वटा विभिन्न विद्यालयहरुबाट १००० भन्दा बढी प्रतियोगीहरुले सहभागिता जनाएका थिए । प्रविष्टिहरुमध्ये प्रत्येक प्रविष्टि कोटीका शीर्ष ३ चित्र कोर्ने कलाकारलाई विजेताको रुपमा चयन गरिएको थियो । छनोट भएका आर्टहरु जापानमा आयोजना गरिने वर्ल्ड कन्टेष्ट २०२१ का लागि पठाइने छ ।

टोयोटा ड्रिम कार आर्ट कन्टेष्ट विश्वभर रहेका बालबालिकाहरुलाई गतिशीलताको भविश्यप्रति उनीहरुको विचारधारा उनीहरुको ड्रिम कारका चित्रहरुमार्फत् साझा गर्नका लागि आमन्त्रण गर्दै आएको छ । यस्ता क्रियाकलापले आउँदो पुस्ताका महान् आविष्कारक, चिन्तक र कल्पनाशील व्यक्तिहरुको रचनात्मकता उजागर गर्ने टोयोटाले विश्वास लिएको छ ।

सन् २००४ देखि संचालन हुँदै आएको यस कला प्रतियोगिता टोयोटाको सामाजिक योगदानको एक प्रमुख हिस्साका रुपमा झल्किँदै आएको छ । सन् २०१९ मा विश्वभरका ८६ मुलुकबाट ९ लाख ५० हजार आर्टहरु आएका थिए ।


