नयाँ इन्जिनमा सेन्ट्रो भारतमा सार्वजनिक, नेपालमा ५ भेरियन्टको यस्तो छ मूल्य

काठमाडौं । हुन्डाई मोटर्स इन्डियाले आफ्नो इन्ट्री लेवल कार सेन्ट्रोलाई भारतीय प्रदुषण मापदण्ड बीएस ६ युक्त इन्जिनको साथ सार्वजनिक गरेको छ । कम्पनीले कोरोना भाइरसको कारण चलिरहेको लकडाउनमा नै नयाँ बीएस ६ सेन्ट्रो सार्वजनिक गरेको हो ।

हुन्डाईले यसमा बीएस ६ मापदण्डको १०८६ सीसी क्षमताको ४ सिलिण्डर इन्जिन दिएको छ । उक्त इन्जिनले ५५०० आरपीएममा अधिकतम ६८ बीएच पावर र ४५०० आरपीएममा ९९ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स दिइएको छ । जुन पहिलेको बीएस ४ मापदण्डको बराबर नै पावर हो ।

कम्पनीले नयाँ इन्जिन युक्त सेन्ट्रोमा अगाडि डिस्क र पछाडि ड्रम ब्रेक दिएको छ । साथै सुरक्षाको लागि एयरव्याग, एबीएस, इबीडी, रियर पार्किङ सेन्सर, रियर पार्किङ क्यामेरा, रियर डिफगर्र, स्पीड सेन्सिङ डोर लक जस्ता फिचर उपलब्ध रहेको छ ।

हुन्डाईले नयाँ जेनेरेशन सेन्ट्रो २०१८ मा सार्वजनिक गरेको थियो । नेपाली बजारमा लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले ५ भेरियन्टमा सेन्ट्रो बिक्री गर्दै आएको छ । बीएस फोर मापदण्डको सेन्ट्रो नेपाली बजारमा उपलब्ध रहेको छ ।

यस्तो छ नेपालमा मूल्य


Back_to_top