६ लाख ७० हजार इलेक्ट्रीक कार उत्पादन गर्ने हुन्डाईको योजना

काठमाडौं । दक्षिण कोरियाली कम्पनी हुन्डाईले वार्षिक ६ लाख ७० हजार यूनिट इलेक्ट्रीक कार उत्पादन गर्ने योजना अगाडि सारेको छ । कम्पनीले तीन उत्कृष्ट इलेक्ट्रीक भेहिकल उत्पादक कम्पनी भित्र स्थापित हुने रणनीति अनुसार उक्त संख्यामा इलेक्ट्रीक कार उत्पादन गर्ने भएको हो ।

तीन योजना समेटिएको ‘स्टार्टेजी २०२५’ अनुसार कम्पनीले सन् २०२५ देखि अल इलेक्ट्रीक तथा हाइड्रोजन सेल कार उत्पादनको संख्या वार्षिक ६ लाख ७० हजार सूनिट गर्ने भएको हो ।

उक्त योजना अनुसार वार्षिक ५ लाख ६० हजार इलेक्ट्रीक र १ लाख १० हजार हाइड्रोजन सेल कार बिक्री गर्ने लक्ष्य कम्पनीले बनाएको विज्ञप्तीमा उल्लेख छ । वातावरणमैत्री सवारीको प्रयोगलाई बढवा दिने उद्देश्य अनुरुप उत्पादित कारको मूल्य मध्यम वर्ग लक्षित हुने भएको छ । कम्पनीले सन् २०३० सम्ममा अमेरिका, चीन र युरोपमा र सन् २०३५ सम्ममा भारत, ब्राजिल लगायतका मुलुकमा यी मोडल उपलब्ध गराउने जनाएको छ ।

हुन्डाईका अलवा अन्य अटोमोबाइल्स कम्पनीले पनि इभी उत्पादनलाई प्राथमिकतामा राख्न थालेका छन् । यसैबीच लक्जरी ब्रान्ड जेनेसिसले पनि अल इलेक्ट्रीक मोडल ल्याउने तयारी गरिरहेको छ ।


Back_to_top