काठमाडौं । टाटा मोटर्स इन्डियाले इलेक्ट्रीक कार उत्पादनलाई निकै आक्रमक तरिकाले अगाडि बढाइरहेको समयमा कोरोनो भाइरसको कारण उत्पादन बन्द गरेको थियो । कम्पनीले अब केही महिना भित्र प्रिमियम ह्याचव्याक कार अल्ट्रोज इभी बजारमा ल्याउने जनाएको छ ।
कम्पनीले नेक्सन इभीपछि धेरै संख्यामा बिक्री गर्ने लक्ष्यको साथ ल्याउन लागेको इलेक्ट्रीक ह्याचव्याकको ग्राउन्ड क्लियरेन्सलाई लिएर यसका डिजाइनर प्रताप बोसले केही असन्तुष्टी व्यक्त गरेका छन् ।
अल्ट्रोज इभीको ग्राउन्ड क्लियरेन्स बढाउने कम्पनीको निर्णयमा बोसले असन्तुष्टी व्यक्त गरेका हुन् ।
‘यसको ग्राउण्ड क्लियरेन्स निकै धेरै रहेको छ । झट्टहेर्दा यो ह्याचव्याक जस्तो नदेखिएर क्रसओभर जस्तो देखिएको छ । लाग्छ यो एसयूभी हो’, बोसले भने ।
उचाई कै कारण यसलाई ठूला टायर र ह्वील प्रदान गर्नु पर्ने भएकाले यसको ह्याचव्याक डिजाइनमा परिवर्तन आउने बोसको धारण छ । यसको फ्लोयर पनि केही बढाईएको उनको दाबी छ ।
कम्पनीले १० देखि १२ लाख मूल्यमा बजारमा ल्याउने यो कार चलाउन कत्तिको आरामदायी हुने छ भन्ने कुरा अहिले चासोको विषय हो ।


