काठमाडौं । लकडाउन खुकुलो भएसँग यामाहाले मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहानेका लागि नयाँ अफर आएको छ । यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले विशेष अफर सार्वजनिक गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको अफरमा शुन्य प्रतिशत ब्याजदर, शुन्य डाउनपेमेन्ट र नगद १० हजार डिस्काउन्टसमेत तीन योजना अगाडि ल्याएको छ । लकडाउनका कारण सबै प्रकारका काम बन्दको असहज परिस्थितिमा मोटरसाइकल किन्न चाहने ग्राहकले तीन मध्ये कुनै एक योजना छनोट गर्न सक्नेछन् ।
आफुसँग डाउन पेमेन्ट गर्न रकम नहुने संगठित क्षेत्रमा काम गर्ने मानिसले योजनामा सहभागि हुन सक्नेछन् । सून्य प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल किन्नेले ३ वर्ष भित्र रकम तिरिसक्नु पर्ने छ ।
शुन्य प्रतिशत ब्याजदरमा कर्पोरेट क्षेत्रमा कार्यरत ग्राहकहरुका लागि बाइक वा स्कुटर उपलब्ध गर्ने कम्पनीले जनाएको छ । यो योजनमा अन्तर्गत ग्राहकले एक वर्ष भित्र मोटरसाइकल तथा स्कुटरको मूल्य पुरा तिर्नु पर्ने हुन्छ ।
कम्पनीले नगद छुट अन्तर्गत पुरा रकम बुझाएर बाइक वा स्कुटर किन्न चाहेमा नगद १० हजार रुपैयाँ छुट गर्ने जनाएको छ ।


