काठमाडौं । टीभीएस १६० फोर भी सिंगल डिस्क किन्न चाहने ग्राहकले मासिक ७ हजार ५८० रुपैयाँ किस्ता तिर्नेगरि किन्न सक्ने छन् । कम्पनीले ल्याएको सून्य प्रतिशत व्याजदरको स्कीममा मोटरसाइकल किन्नेले यो सुविधा प्राप्त गर्ने छन् ।
कम्पनीले ल्याएको अफर अनुसार सून्य प्रतिशत व्याजदरमा ग्राहकले आरटीआर १६० फोरभी सिंगल डिस्क खरिद गर्न सक्ने छन् । यसको मूल्य २ लाख ७२ हजार ९०० रुपैयाँ तोकिएको छ ।
यो योजनामा ग्राहकले ५० प्रतिशत बराबरको १ लाख ३६ हजार ४५० रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्ने हुन्छ । यसमा बाँकी रकम ग्राहकले १८ महिना भित्र बुझाउनु पर्ने हुन्छ । यसरी शुन्य प्रतिशत व्याजदरमा आरटीआर १६० फोरभी किन्दा तिर्नु पर्ने मासिक किस्ताको डिटेल थाहापाउन यहाँ क्लिक गर्नुहोस् ।
चाडपर्वको सिजन सुरु भएसँगै टीभीएसले मोटरसाइकल तथा स्कुटरमा नयाँ स्कीम सार्वजनिक गरेको छ । जगदम्बा मोटर्सले हिजो सोमबार सार्वजनिक भएको उक्त स्कीम दशैं तिहार लक्षित गरेर ल्याएको हो ।
यो स्कीममा कम्पनीको आरटीआर १६० फोरभी सिगंल डिस्क खरिद गर्न चाहने ग्राहकलले दुई मध्ये एक स्कीम छनोट गर्न सक्नेछन् ।
कम्पनीले जारी गरेको नयाँ स्कीममा पुरै रकम तिरेर मोटरसाइकल किन्ने ग्राहकले नगद छुट ९ हजार रुपैयाँ छुट प्राप्त गर्ने छन् । यसमा ग्राहकले फाइनान्स सुविधा प्राप्त गर्न सक्ने छैनन् ।

यो योजना अन्तर्गत हरेक हप्ता ग्राहकले लक्की ड्र मार्फत हरेक टीभीएस आरआर ३१० जित्ने मौका प्राप्त गर्नेछन् ।
यसअघि अपाचे आरटीआर १६० फोर भीको डबल डिस्क भर्सन मात्र बिक्री हुँदै आएको थियो । डबल डिस्क भेरियन्टको मूल्य २ लाख ८९ हजार ९ सय रुपैयाँ रहेको छ भने, सिगंल डिस्क भर्सनको मूल्य २ लाख ७२ हजार ९०० रुपैयाँ तोकिएको छ ।
१६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ, उक्त इन्जिनले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ ।
पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियरबक्स रहेको छ, जसले पावरफुल राइडिङको अनुभव प्रदान गर्नेछ । आफ्नो रेसिंग विरासतलाई कायम राख्नको लागि टीभीएस अपाचे आरटीआर १६० फोर भी ‘पावर टु वेट रेसियो’मा टप स्पीड ११३ किलोमिटर प्रति घण्टा रहेको छ । जसले आश्चर्यजनक रुपमा ०.६० किलोमिटर प्रतिघण्टाको रफ्तार मात्र ४.७३ सेकेन्डमा पुरा गर्छ ।

