टीभीएसको पहिलो एड्भेञ्चर मोटरसाइकल ‘राइडर’ !

काठमाडौं । आक्रमक बजार बिस्तारमा रहेको टीभीएसले नयाँ मोटरसाइकलको ट्रेडमार्क दर्ता गराएको छ । कम्पनीले ‘राइडर’ नामबाट नयाँ मोटरसाइकल ल्याउन ट्रेर्डमार्क दर्ता गराएको रिपोर्टहरुले दाबी गरेका छन् ।

टीभीएसले ‘राइडर’ नामबाट ल्याउन लागेको नयाँ मोटरसाइकल आफ्नो पहिलो एड्भेञ्चर मोटरसाइकल हुने अनुमान गरिएको छ । ड्यूल स्पोर्ट स्टाइल बडीमा आउने नयाँ मोटरसाइकलमा सबै लाइट एलइडी रहने अनुमान गरिएको छ ।

टीभीएसको अधिकांश कनेक्ट फिचर र फुल डिजिटल इन्ट्रुमेन्ट कन्सोल, व्ल्यूटुथ कनेक्टीभीटी, स्मार्ट कनेक्ट फिचर यसमा उपलब्ध रहने अनुमान गरिएको छ ।

यसमा रहने इन्जिनको विषयमा अहिले कुनै कुरा बाहिर नआएपनि कम्पनीले यसमा २५० सीसी क्षमताको इन्जिन दिन सक्ने अनुमान गरिएको छ । भारतमा हिरो एक्सपल्सको सफलता पछि त्यसैलाई टक्कर दिन यो मोडल बजारमा ल्याउने तयारी भएको हुन सक्छ ।

नेपालमा पनि टीभीएस निकै सफलता पाइरहेको ब्राण्ड हो । यस्तोमा कम्पनीले ल्याउने नयाँ मोडलले टीभीएसको बजार हिस्सा बढाउन सहयोग गर्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top