काठमाडौं । क्रसफायरले नेपाली बजारमा नयाँ डर्ट मोटरसाइकल ल्याएको छ । कम्पनीले क्रसफायर ‘आरएम २५० ट्वीन’ मोटरसाइकल नेपाली बजारमा ल्याएको हो । दुई वटा साइलेन्सर जडान गरिएको यो मोटरसाइकल थुप्रै यूनिक फिचरले भरिपूर्ण रहेको छ ।
विशेषत खराव बाटाहरुमा रोमाञ्चक यात्रा गर्न चाहनेहरुको रोजाइमा पर्ने यो मोटरसाइकल निकै मस्कुलर डिजाइनमा तयार भएकाले जो कोहि मोटरसाइकल राइडरलाई लोभ्याउने किसिमको रहेको छ ।
अहिले नेपाली बजारमा विभिन्न ४ मोडलका डर्ट मोटसाइकल बिक्री गर्दै आएको क्रसफायरको आरएम २५० ट्वीन लेटेस्ट मोडल हो । यसअघि कम्पनीले क्रसफायर एचजे २५०, जीआर-७ २५०, एनसी २५० जस्ता मोडल बिक्री गर्दै आएको थियो । कम्पनीले बिक्री गर्ने सबै मोडलको मूल्य ५ लाख २५ हजार रुपैयाँदेखि ६ लाख ९० लाख रुपैयाँ हारहारी रहेको छ ।
क्रसफायर आरएम २५० ट्वीनको मूल्य भने ६ लाख ९० हजार रुपैयाँ तोकेर बिक्री सुरु गरेको छ । यो मोटरसाइकलमा डबल डिस्क ब्रेक दिइएको छ । जसमा अगाडि २९० एमएम र पछाडि २४० एमएमको अधिक ब्रेकिङ पावर सहितको डिस्क ब्रेक उपलब्ध रहेको छ ।
आरएम २५० ट्वीनमा २४९.९९ सीसी क्षमताको काब्रुरेटर इन्जिन दिइएको छ । उक्त इन्जिनले ३०.१५ बीएच पावर र २३ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड गियरबक्स रहेको छ भने ७ लिटर क्षमताको इन्धन ट्याङ्की दिइएको छ ।
अफरोड बाइकको महत्वपूर्ण पक्ष भनेको सस्पेन्सन हो । यसमा ट्वीन स्पेयर पेरिमिटर फ्रेम सहित अगाडि ४७ एमएमको इन्भर्टेट रिबोन्ड कम्प्रेसन ड्याम्पीङ एड्जस्टेवल २५१ एमएम ट्राभल र पछाडि प्रो लिंङको सिंगल सक दिइएको छ ।
मोटरसाइकलमा अगाडि र पछाडि समान १७ इन्चको ह्वील दिइएको छ ।
पूर्ण डिजिटल इन्ट्रुमेन्ट कन्सोल, आर टेकको इटलियन हेडल्याम्प, एलइडी इन्डिकेटर, सिएनसी फोल्डेवल क्लच लिभर, इन्जिन गार्ड, जस्ता फिचरले यसलाई उत्कृष्ट मोटरसाइकल बनाएको छ ।

