जाडोमा मोटरसाइकल थन्काएर राख्दै हुनुहुन्छ भने यी ४ कुरामा ध्यान दिनुस्

काठमाडौं । चिसो मौसममा मोटरसाइकल चलाउनु निकै कठिन र चुनौति पूर्णकाम हो । धेरै जसो मानिसले जाडो समयभर मोटरसाइकल थन्काउने गर्छन् । यसरी मोटरसाइकल थन्काउदा केही कुरामा भने ध्यान दिन जरुरी हुन्छ ।

जाडो मौसम नेपालमा करिब ४ महिनासम्म चल्ने गर्छ । त्यसैले यतिका लामो समयसम्म मोटरसाइकल ग्यारेजमा थन्काएर राख्नु राम्रो हुँदैन । यद्यपी यसलाई सहि तरिकाले हेरचाह गरेर राखेको खण्डमा केही फरक पर्दैन । त्यसले मोटरसाइकल थन्क्याउनु अघि यी कुरामा विशेष ध्यान दिन जरुरी हुन्छ ।

१. इन्जिन, एक्जस्ट र व्याट्रीमा विशेष ध्यान दिनेः मोटरसाइकल थन्काउनु अघि यसको इन्जिन, एक्जस्ट र व्याट्रीको सहि तरिकाले परिक्षण गराउनु पर्छ । यसरी मोटरसाइकल चेक जाँच गराउँदा यसमा लाग्ने मोविल परिवर्तन गर्नु पर्छ । यदि धेरै पुरानो मोविल भएको छ र परिवर्तन नगरि राखियो भने त्यसले रबर सिल खराव गर्न सक्छ ।

मोटरसाइकलको एक्जस्ट पनि सफा गरेर राख्नु पर्छ अन्यथा पछि यसमा खियालाग्ने जस्ता समस्या हुन सक्छ । साथै यसमा रहेको व्याट्रीपनि परिक्षण गरेर राख्दा पछि चलाउने समयमा दुःख पाईदैन ।

२. मोटरसाइकललाई राम्रोसँग सफा गर्नेः नेपाली सडक उसैपनि राम्रो छैन । यहाँका बाटामा पनि, धुलो र हिलो सामन्य जस्तै हो । यदि तपाईले धेरै समयको लागि मोटरसाइकल थन्काउँदै हुनुहुन्छ भने यसलाई राम्रोसँग धोएर राख्नु पर्छ । जसले मोटरसाइकलको कलर बचाउनुको साथै मोटरसाइकलको चमकलाई बचाई राख्ने छ । मोटरसाइकलको चेन सफा गर्ने, सुकेपछि मात्रै छोप्ने गर्नाले पछि चलाउँदा मोटरसाइकलमा कुनै समस्या आउँदैन ।

३. ब्रेक, क्लच र फिल्टर चेक गर्नेः मोटरसाइकललाई थन्क्याउनु अघि ब्रेक फ्ल्युड परिवर्तन गर्नुपर्छ । साथै क्लच प्लेटको परिक्षण गर्ने र फिल्टर चेक गरेर मात्र राख्नु पर्छ । जसले मोटरसाइकललाई दुरुस्त राख्न सहयोग गर्नेछ ।

४.हरेक दिन इन्जिन स्टार्ट गर्नेः यसरी घरमा नचलाइ राखिएको मोटरसाइकललाई सकेसम्म हरेक दिन ५ मिनेट जति स्टार्ट गर्नु पर्छ । यसो हुदाँ इन्जिनमा इन्जिन आयल राम्रोसँग सञ्चालित हुन्छ । कुनै पनि बन्द भएको इन्जिनमा इन्जिन आयल इन्जिनमा नभै इन्जिन भन्दा तल जम्मा भएर बसेको हुन्छ । यसका साथै हरेक दिन स्टार्ट गरेर राख्दा मोटरसाइकलमा पिकअपको समस्या समेत आउँदैन ।


Back_to_top