जेसीबीका इक्यूपमेन्ट किन्नेलाई माछापुच्छ्रे बैंकको सहज कर्जा 

काठमाडौं । नेपालका लागि जेसीबी निर्माण तथा हेभी उपकरणको आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्स प्रालिर माछापुच्छ्रे बैंकको बीचमा सम्झौँता भएको छ । उक्त सम्झौँता अनुसार जेसीबीका इक्यूपमेन्ट किन्ने ग्राहकले माछापुच्छ्रे बैंक लिमिटेडबाट सहज कर्जा पाउने छन् ।
उक्त सम्झौँतामा एमएडब्लु अर्थमुभर्सको तर्फबाट अध्यक्ष विष्णुकुमार अग्रवाल र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन् ।

‘हामीलाई विश्वास छ यो सहमतिले हाम्रा ग्राहकलाई सहज फाइनान्सिङमा सहयोग गर्ने विश्वास हामीले लिएका छौं । नेपालभर माछापुच्छ्रे बैंकका १६० वटा शाखाहरु छन् । यसले निर्माण कार्यमा संलग्न देशभरका ग्राहकलाई जेसीबीको फाइनान्सिङ गर्न सहज गर्ने छ’, सहमति पत्रमा हस्ताक्षर गरेपछि एमएडब्लु अर्थमुभर्सका भाइस प्रेसिडेन्ट तथा प्रमुख कार्यकारी अधिकृत गोपालकुमार अग्रवालले भने ।

जेसीबीले अहिलेसम्म हामीले ७ वटा बैंक तथा वित्तिय संस्थासँग यस्तो सम्झौँता गरिसकेको अग्रवालले जानकारी दिए ।

त्यसैगरी, एमएडब्लु अर्थमुभर्सका अध्यक्ष विष्णुकुमार अग्रवालले जेसीबीको केन्द्रमा सधैं आफ्नो ग्राहक रहने बताउँदै भने ‘यो नयाँ सम्झौताले हाम्रा ग्राहकलाई सहज बनाउनुका साथै देश विकासमा पनि मद्दत गुग्ने छ ।’


Back_to_top