जावा र हस्कभर्नाको नेपालमा सानदार सुरुवात, यस्तो छ आयात

काठमाडौं । लकडाउनको सयममा नेपाल आएका दुई युरोपियन मोटरसाइकलले नेपाली बजारमा उत्साह जनक सुरुवात गरेका छन् । नेपाल भित्रिएको छोटो समयमा जावा र हस्कभर्नाले मिड साइज प्रिमियम मोटरसाइकल सेग्मेन्टमा राम्रो व्यापार गरेका हुन् ।

जावा मोटरसाइकल नेपाली बजारमा अक्टुवर ३ तारिकमा सार्वजनिक भएको थियो भने हस्कभर्ना सेप्टेम्वर २१ तारिकमा नेपाली बजारमा विक्री सुरु गरेको थियो ।

क्लासीक लेजेन्डको उपमा पाएको चेक रिपब्लियन मोटरसाइकल ब्रान्डले छोटो समयमा नै ३३४ यूनिट मोटरसाइकल नेपाल भित्र्याएको छ । त्यस्तै स्वीडिस ब्रान्ड हस्कभर्नाले १०१ यूनिट मोटरसाइलक नेपाल ल्याएको भन्सार तथ्यांकमा देखिन्छ । यी दुबै कम्पनीको आयात डिसेम्बर १५ तारिखसम्मको हो ।

यी दुबै कम्पनीले आफ्ना दुई÷दुई मोडल नेपाल ल्याउका छन् । जावाले जावा ३०० र जावा फोर्टी टूको विक्री गरिरहेको छ भने, हस्कभर्नाले स्भार्टपिलेन २५० भिट्पिलेन २५० को विक्री गरिरहेको छ ।

जावा मोटरासइकलको आधिकारिक वितरक अग्नी ग्रुप अन्तर्गतको अग्नी मोटोइंक रहेको छ भने, हस्कभर्नाको लागि नेपालको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी रहेको छ ।

कम्पनीले जावा ३०० सिंगल च्यानल एबीएसको मूल्य ६ लाख ४८ हजार ५०० र डबल च्यानल एबीएस भेरियन्टको मूल्य ६ लाख ७६ हजार ५०० तोकेको छ ।

त्यसैगरि जावा ४२ को सिंगल च्यानल एबीएस भेरियन्टको मूल्य ६ लाख २० हजार र डबल च्यानल एबीएस भेरियन्टको मूल्य ६ लाख ४८ हजार रुपैयाँ तोकेर बिक्री गरिरहेको छ ।

त्यस्तै हस्कभर्नाको दुबै मोडलको मूल्य ५ लाख ६९ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री भइरहेका छन् ।


Back_to_top