काठमाडौं । विशाल ग्रुप अन्तर्गतको भिजी इम्पेक्स प्रालि ग्रेटवाल मोटर्सको आधिकारीक डिलर नियुक्त भएको घोषणा भएको छ ।
ग्रेटवाल मोटर्सले आफ्नो वेभसाइट मार्फत विशाल ग्रुप अन्तर्गतको भिजी इम्पेक्स प्रालि नेपालको आधिकारीक वितरक नियुक्त भएको जानकारी आफ्नो वेभसाइट मार्फत दिएको हो ।
डिसेम्बर ३१ तारिखमा ग्रेटपाल मोटर्स र भिजी इम्पेक्स बीच आधिकारीक सम्झौँता भएको आफ्नो वेभसाइटमा उल्लेख गरेको छ । मेरोअटो डटकमले जनवरी ४ तारिखमा नै विशाल ग्रुपले ग्रेटवाल मोटर्सको आधिकार डिलर पाएको समाचार प्रकाशन गरेका थियौं ।
यो पनि पढ्नुस् : संसारकै सस्तो इलेक्ट्रीक कार नेपाल आउने बाटो खुल्यो
विशाल ग्रुप अन्तर्गतका विभिन्न कम्पनीहरुले अहिले पनि नेपाली बजारमा सुजुकी मोटरसाइकल, फक्सवागनका कार, रेनो, एमजी, माज्दा जस्ता ब्राण्डका कारहरु विक्री वितरण गर्दै आएको छ । यस्तोमा कम्पनीसँग ग्रेटवाल मोटर्स नयाँ ब्राण्डको रुपमा जोडिएको छ ।
कम्पनीले अब ग्रेटवाल र हाभल्स ब्राण्डका गाडी आयात गरि नेपाली बजारमा विक्री वितरण गर्ने छ । साथै संसारकै सस्तो कार भनेर चिनिने ओरा आर १ इलेक्ट्रीक कार पनि कम्पनीले नेपाल ल्याउने छ ।


