सहरी क्षेत्रमा सामन बोक्न उत्कृष्ट ‘टाटा इन्ट्रा’, भोलिबाट नेपालमा विक्री सुरु हुने

काठमाडौं । टाटा मोटर्सको लागि नेपालको लागि आधिकारीक वितरक सिप्रदी ट्रेडिङ भोलि नेपाली बजारमा नयाँ मिनि ट्रक सार्वजनिक गर्ने भएको छ । कम्पनीले ल्याउने मिनि ट्रक नयाँ ‘इन्ट्रा भि२०’ भोलिबाट नेपालमा विक्री सुरु हुने भएको हो ।

सिप्रदीले यसअघि विक्री गर्दै आएको टाटा एस र टाटा योद्धाको बीचको माग पुरा गर्न इन्ट्रा भि२० सफल हुने कम्पनीले दाबी गरेको छ । टाटाको इन्ट्रा मोडल भारतमा निकै सफल मोडल रहेको छ ।

एक टनभन्दा बढी भार बोक्न सक्ने क्षमता रहेको इन्ट्रा भि २० उत्कृष्ट डिजाइन, फिचर र लोड बोक्न सक्ने क्षमताको कारण सफल रहेको छ । इन्ट्रा भि २० मा १.४ लिटर फोर सिलिण्डर, एफआई डिजेल इन्जिन दिइएको छ । उक्त डिजेल इन्जिनले अधिकतम ७० हर्स पावर र १४० एनएम टर्क प्रदान गर्ने छ । यसमा ५ स्पीड सिंगल प्लेट ड्राई फिक्सन म्यानुयल गियरबक्स दिइएको छ ।

यो मिनि ट्रकको लम्बाई ४२८२ एमएम रहेको छ भने यसमा २२५० एमएमको ह्वीलवेस दिइएको छ । अगाडि चालक सुरक्षाको लागि सिट वेल्ट, पार्किङ ब्रेक जस्ता फिचर यसमा उपलब्ध रहेको छ ।

३५ लिटर क्षमताको इन्धन ट्याङ्की रहेको इन्ट्र भि२० को उच्चगति क्षमता ८० किलोमिटर प्रतिघन्टा रहेको छ । १४ इन्चको टायर प्रयोग हुने यसमा अगाडि डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ ।

नेपाली बजारमा उद्यमशील मानिसहरुलाई मध्यनजर गर्दै ल्याइएको इन्ट्रा भि२० को मूल्य २० लाख हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top