काठमाडौं । नेपालमा सर्वाधिक सफल इलेक्ट्रीक कार एमजी इजेडएसको फेसलिफ्ट मोडल आउने भएको छ । कम्पनीले २०२१ मा एमजी इजेडएसको फेसलिफ्ट ल्याउने यसअघि नै घोषणा गरेको थियो ।
एमजी (मोरिस ग्यारेज) चिनीयाँ कम्पनी एसएआइसीको स्वामित्वमा आएसँगै आक्रमक रणनीति बनाएर गाडी उत्पादन तथा विक्री गर्दै आएको छ । कम्पनीले नेपालम पनि सन् २०१९ बाट विद्युतीय एसयूभी इजेडएस विक्री गर्दै आएको छ ।
कम्पनीले ल्याउने नयाँ फेसलिफ्ट एसयूभीमा केहि कस्मेटिक परिमार्जन मात्रै हुने अनुमान गरिएको छ । यद्यपी कम्पनीले यसमा रहने थप फिचरको विषयमा सबै कुरा सार्वजनिक गरिसकेको छैन । बजेटले करका दर वृद्धि गरेपछि एमजीले विद्युतीय कार नेपाल ल्याएको छैन ।
नेपालको लागि एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले अबको केहि दिनपछि इजेडएस नेपाल आउने जनाएको छ । कम्पनीले ५९ लाख ९९ हजार मूल्य निर्धारण गरेर नयाँ गाडीको बुकिङ लिइरहेको छ ।
नयाँ एमजी जेडएसमा इमजेन्सी ब्रेकिङ सिस्टम, एड्भान्स ड्राइभर एसिस्टेन्स स्सिटम, व्लाइन्ड स्पर्ट मोनिटरिङ, एडप्टीभ क्रुज कन्ट्रोल जस्ता फिचर थप हुने अनुमान गरिएको छ ।
इजेडएसमा ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, प्रोजेक्टर हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, १७ इन्चको अलोय ह्वील, अटो हेडल्याम्प, पानारोमिक सनरुफ, अटो वाइपर, कनेक्ट कार टेक जस्ता फिचर उपलब्ध रहेको छ ।
इजेडएसमा ४४.५ किलोवाट आवरको लिथियम आयोन व्याट्री र ११२ किलोवाटको इलेक्ट्रीक मोटर्स दिइएको छ । यसमा रहेको व्याट्रीले एक पटकको फुल चार्जमा ३४० किलोमिटरसम्म रेञ्ज प्रदान गर्ने छ । यसलाई ७ किलोवाट क्षमताको चार्जरबाट घरमा चार्जगर्दा ६ देखि ८ घन्टामा फुल चार्ज हुने छ ।

