काठमाडौं । अमेरिकन एसयूभी स्पेशलिष्ट जीपले आफ्ना उत्पादनलाई इलेक्ट्रीकमा परिवर्तन गर्ने कामलाई तिब्रता दिएको छ । कम्पनीले यसअघि जीप र्याङलरको प्लगइन हाइब्रिड मोडलको विक्री सुरु गरिसकेको थियो । अब भने र्याङलरको फुल इलेक्ट्रीक मोडल ल्याउने तयारी गरेको छ ।
जीपले र्याङलरको इलेक्ट्रीक भर्सनको तस्विर सार्वजनिक गर्दै कम्पनी विद्युतीय सवारीसाधन उत्पादनमा अग्रसर भएको जानकारी दिएको हो । कम्पनीले बाहिर मानिसहरुले सोचेभन्दा चाँडो नयाँ इलेक्ट्रीक र्याङलर बजारमा आउने जनाएको छ ।
जीपले इलेक्ट्रीक र्याङलरमा अगाडिको पार्टमा व्याट्री प्याक प्रदान गर्ने छ । यसले ट्रेडिसनल गाडीले जस्तै अगाडिबाट पावर सप्लाई गर्ने छ । फोर ह्वील ड्राइभ सिस्टममा आउने नयाँ इलेक्ट्रीक र्याङलरको विषयमा कम्पनीले थप जानकारी दिएको छैन ।
कम्पनीले मार्च २०२१ को अन्तिमसम्ममा यसको इलेक्ट्रीक कन्सेप्ट ग्लोवल प्रिमियर गर्ने र २०२१ को अन्तिमसम्ममा नै प्रडक्सन मोडल सार्वजनिक गर्ने अनुमान गरिएको छ ।
जीप र्याङलर विश्वभर अफ रोड एसयूभीको नामले चिनिन्छ । नेपालमा पनि यसको विक्री वितरण भइरहेको छ ।


