हुन्डाई एक्स्चेन्ज मेला सुरू, १ लाख ४० हजारसम्म बोनस पाइने

काठमाडौं । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आजदेखि देशभर हुन्डाई एक्सचेन्ज क्याम्प सुरु गरेको छ ।

आजदेखि सुरु भएर आगामी फागुन २ सम्म चल्ने सो क्याम्पमा गाडी एक्सचेन्ज गर्दा उच्चत्तम मूल्यांकन, आकर्षक नगद छुट, १५ हजार बरावरको लोयल्टी बोनस र १ लाख ४० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यसैगरी यो योजनामा ६ वर्षको फ्री सर्भिस र ३ वर्षको वारेन्टी उपलब्ध छन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका सेल्स एन्ड मार्केटिङ तर्फका महाप्रवन्धक रुपेश शर्मा भट्टले ग्राहकहरुलाई सधै उत्कृष्ट सुबिधा प्रदान गर्न लक्ष्मी हुण्डाई तल्लीन रहेको बताउँदै यो देशव्यापी कार्यक्रमले पनि ग्राहकहरुलाई उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर रहेको बताए ।

यो योजना देशैभर रहेको हुन्डाइको आधिकारिक शोरुममा बिहान १० बजेदेखि साझँ ५ बजेसम्म संचालन हुने कम्पनीले जनाएको छ ।


Back_to_top