सानो इन्जिन धेरै पावरसहित नेपाल आयो ‘प्यूजो २००८’, यस्तो छ मूल्य

काठमाडौं । साँग्रिला मोटर्सले प्यूजोको नयाँ एसयूभी ‘प्यूजो २००८’ नेपाल ल्याएको छ । कम्पनीले प्यूजो २००८ को फेसलिफ्ट मोडल नेपाल ल्याएको हो ।

अन्तर्राष्ट्रिय बजारमा सन् २०२० मा नै आएको प्यूजो २००८ फेसलिफ्ट नेपाल आएको हो । फेसलिफ्ट एसयूभीमा १.२ लिटर टर्बो चार्ज्ड पेट्रोल इन्जिन छ । उक्त इन्जिनले अधिकतम ५५०० आरपीएममा १३१ पीएस पावर र १७५० आरपीएममा २३० एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड अटोमेटिक गियरबक्स दिइएको छ ।

एक हजार १९९ सीसी क्षमताको सानो इन्जिन देखिएपनि टर्बो भएकै कारण यसको पावर उत्कृष्ट रहेको मान्न सकिन्छ । यस एसयूभीको उच्चगति क्षमता १९८ किलोमिटर प्रतिघण्टा रहेको छ ।

कम्पनीले १ करोड २५ लाख मूल्य निर्धारण गरेर विक्री सुरु गरेको नयाँ एसयूभी निकै स्पोर्ट र सार्प लुक्समा आएको छ । फ्रान्समा उत्पादन भएको यो गाडीको लम्बाई ४३०० एमएम, चौडाई १७७० एमएम र उचाई १५५० एमएम रहेको छ । यसमा ह्वील वेस भने २६०५ एमएमको रहेको छ ।

गाडीमा सुरक्षाका लागि ६ वटा एयरब्याग, एबीएस सहितको इबीडी, क्रुज कन्ट्रोल, स्पीड लिमिटर, ट्रयाक्सन कन्ट्रोल, हिल असिस्ट फङ्सन, व्लाइन्ड स्पर्ट डिटेक्सन जस्ता फिचर पाउन सकिन्छ ।

फुल एलइडी हेडल्याम्प, वायरलेस चार्जर, हेडलाइटमा अटो बीम एसिस्ट, हिटेड सिट, ड्यूल टोन कलर, पुस बटम स्टार्ट, पानारोमिक सनरुफ, साइड इन्डिकेटर, रियर भ्यू क्यामेरा जस्ता फिचरले प्यूजो २००८ लाई प्रिमियम देखाएको छ ।


Back_to_top