काठमाडौं । जापानी कार उत्पादक कम्पनी होन्डाले आफ्नो नयाँ जेनेरेशन एचआरभीको ग्लोवल प्रिमियर गरेको छ । कम्पनीले नयाँ एचआरभीलाई सुरुमा जापान र युरोपियन बजारमा यहि वर्षबाट विक्री सुरु गर्ने लागेको हो ।
होन्डाले आफ्नो पुरानो डिजाइनको एचआरभीको तुलनामा नयाँ जेनेरेशनमा व्यापक परिमार्जन गरेको छ । नयाँ जेनेरेशन एचराभीमा मेकानिकलदेखि वाहिरी आवरण र यसमा प्रयोग भएका अन्य फिचरमा पूर्णत परिवर्तन गरेको जनाएको छ । यस्तोमा नयाँ एचआरभीमा भएका मुख्य ४ परिवर्तनलाई यहाँ चर्चा गरिएको छ ।
एक्टेरियर
नयाँ जेनेरेशन एचआरभी पूर्णत नयाँ डिजायनमा तयार भएको छ । यसको लुक्स हेर्दा पहिलाको भन्दा ठूलो साइजमा देखिन्छ । अगाडिको भाग पहिलाको भन्दा सिल्क, नयाँ एलइडी हेडलाइट र पहिलाको भन्दा ठूलो फ्रन्ट ग्रिल रहेको छ । कुपे डिजाइनको स्लोपिङ रुफलाइनले एचआरभीलाई पहिलाको भन्दा राम्रो देखाएको छ ।
होन्डाले नयाँ एचआरभीमा पछाडि पनि एलइडी लाइट सहितको टेलगेट, एलइडी स्ट्रिप सहितको सिल्भर फिनिसिङ होरिजेन्टल स्लट दिएको छ ।

इन्टेरियर
एक्टेरियर जस्तै इन्टेरियर पनि पूर्णरुपमा परिमार्जन गरिएको छ । पूर्णत नयाँ ड्यासबोर्ड, नयाँ स्टेरिङ ह्वील, अल ब्ल्याक थिम लुक्सले नयाँ एचअराभीलाई कुल देखाएको छ । यसमा ९ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, पानारोमिक सनरुफ तथा पावर अपरेटेड टेलगेट दिइएको छ ।
हाइब्रिड इन्जिन अप्सन
नयाँ जेनेरेशन एचआरभी पेट्रोल युनिट र पेट्रोल इलेक्ट्रीक हाइब्रिड दुई इन्जिन अप्सनमा उपलब्ध हुने छ । पहिलो अप्सन १.५ लिटरको सिभीटी गियरबक्स तथा हाइब्रिडमा १.५ लिटर पेट्रोल इन्जिन रहेको इसिभीटी गियरबक्स यसमा पाउन सकिन्छ । यसलाई प्योर इलेक्ट्रीक, हाइब्रिड तथा प्योर ग्यासोलीन मोडमा आफ्नो आवश्यकता अनुसार चलाउन सकिनेछ ।
होन्डाको फिट एण्ड सिटी प्ल्याटफर्म
होन्डाको २०२१ एचआरभी मोडल नयाँ जेनेरेशन मोडल भएता पनि यसको प्ल्याटफर्म भने नयाँ होइन । यसको प्ल्याटफर्म पुरानो जेनेरेसनको मोडिफाइड भर्सन हो । यसमा प्रयोग भएको प्ल्याटफर्म होन्डाको लेटेस्ट जेनेरेशन होन्डा फिटको रहेको छ, जुन होन्डा सिटीमा पनि प्रयोग भएको छ ।


