काठमाडौं । विश्वमा यातायात क्षेत्रको विकास र विस्तारसँगै नयाँ खोजी पनि हुँदै आएको छ । सिमित सडक र धेरै सवारी साधनको चाप विश्वका धेरै सहरले भोग्दै आएको समस्या हो । यस्ता समस्याबाट पार पाउन सवारी उत्पादकहरुले नयाँ खोज जारी राखेका छन् ।
यस्तो खोजमा अहिले उड्ने कारदेखि एक पाङ्ग्रे सवारी साधनहरुको उत्पादनमा कम्पनीहरु कसिएर लागेका छन् । त्यसमा पनि विद्युतीय सवारी धेरै उत्पादकको प्राथमिकतामा पर्दै आएको छ । चीनमा अलिवावाले एक पाङ्ग्रे विद्युतीय यूनिबाइकको विक्री सुरु गरेको छ ।
कम्पनीले यो यूनिबाइकमा २ हजार वाटको मोटर दिएको छ भने यसको टप स्पीड क्षमता ४८ किलोमिटर प्रतिघन्टा रहेको छ । यो यूनिबाइकको कुल तौल ४० किलोमिटर मात्रै रहेको छ ।
यूनिबाइकमा दिइएको व्याट्रीलाई एक पटक फुल चार्जगर्दा ६० देखि १०० किलोमिटरसम्म चलाउन सकिने कम्पनीले दाबी गरेको छ । यस यूनिबाइकको मूल्य १ हजार ८०० डलर कायम राखेर चीनमा विक्री सुरु भएको हो ।


