काठमाडौं । एड्भेञ्चर मोटरसाइकलको माग बढ्दै गएको समयमा हिरोले नयाँ एड्भेञ्चर टुरर मोटरसाइकल बजारमा ल्याउने भएको छ ।
कम्पनीले नयाँ एड्भेञ्चर मोटरसाइकलमा सिंगल सिलिण्डर, लिक्वीड कुल्ड इन्जिन प्रदान गर्ने अनुमान गरिएको छ । उक्त इन्जिनले ३० बीएच भन्दा बढी पावर प्रदान गर्ने छ । अहिलेसम्म हिरोले बनाएका सबै मोटरसाइकलको तुलनमा यसको पावर धेरै हुने छ । यसको पुष्टी भने कम्पनीले गरिसकेको छैन ।
सन् २०२२ को सुरुवातमा नै बजारमा ल्याउनेगरि नयाँ मोटरसाइकलको तयारी भइरहेको छ । यसलाई कम्पनीले आफ्नो सफल मोडल एक्सपल्स २०० बाट प्रेरित रहेर निर्माण गर्ने छ ।
कम्पनीले पहिलो पटक ‘स्टील ट्रायल फ्रेम’मा यसको उत्पादन गर्ने छ । जसको प्रयोग पावरफुल मोटरसाइकल उत्पादनमा कहलिएका केटीएम र डुकाटीले गर्दै आएका छन् । यो फ्रेम रेगुलरको तुलनामा हलुका र बलियो हुने गर्छ ।
यसलाई प्रिमियम बनाउन कम्पनीले कुनै कसर बाँकी नराख्ने देखिएको छ । कनेक्टीभीटी सहितको फुल डिजिटल इन्ट्रुमेन्ट कलष्टर, डबल च्यानल एबीएस सहितको दुबै चक्कामा डिस्क ब्रेक, २१ इन्चको अगाडि ह्वील र १७ इन्चको पछाडिको ह्वीलले मोटरसाइकललाई आक्रमक लुक्स प्रदान गर्ने छ । साथै, यसमा प्रयोग हुने सबै किसिमका लाइट एलइडी प्रयोग हुने छ ।


