विजय लामा जीप कम्पासको ब्राण्ड एम्बेस्डर, केहि दिन भित्रै विक्री सुरु हुने

काठमाडौं । नेपालमा विक्री सुरु भएको तीन वर्षपछि जीप कम्पासको फेसलिफ्ट नेपाल आएको छ । विश्व चर्चित मोटर उत्पादक कम्पनी जीपले भारतमा उत्पादन गरेको कम्पास एसयूभी नेपालमा राम्रो संख्यामा विक्री वितरण हुँदै आएको छ । यस्तोमा कम्पनीले कम्पासको फेसलिफ्ट नेपाल ल्याएको हो ।

जीपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले कम्पासको अपग्रेडेड भर्सन बैशाख मध्यसम्ममा विक्री सुरु गर्न लागेको हो । यसबीच कम्पनीले नेपालको चर्चित सेलिब्रिटी तथा पाइलट विजय लामालाई समेटेर टिजर पनि सार्वजनिक गरेको छ । यद्यपी, कम्पनीले लामालाई ब्राण्ड एम्बेस्डर बनाएको आधिकारीक घोषणा भने गरेको छैन ।

एफसीए इन्डियाले २०२१ कम्पासलाई गत जनवरीको पहिलो साता सार्वजनिक गरेको थियो, जसमा दुई वटा पावरट्रेन छन् । नयाँ कम्पास पहिले झैं १.४ लिटरको टर्बो पेट्रोल र २.० लिटरको डिजेल इन्जिनमा उपलब्ध हुनेछ । डिजेल इन्जिनले अधिकतम १७३ पीएस पावर र ३५० एनएम टर्क उत्पन्न गर्नेछ ।

त्यसैगरी, १.४ लिटरको टर्बो पेट्रोलले १६३ पीएस पावर र २५० एनएम टर्क उत्पन्न गर्नेछ । नयाँ कम्पास डीडीसीटी पेट्रोलसहितको ६ स्पिड म्यानुअल ट्रान्समिसनमा उपलब्ध हुनेछ । अझै रोमाञ्चक कुरा डिजेल भेरियन्टमा ४ बाई ४ ड्राइभ ट्रेन पनि हुनेछ ।

फेसलिफ्टमा कस्ता परिवर्तन

नयाँ कम्पासमा रिडिजाइन गरिएको फ्रन्ट एलईडी हेडलाइट रहेको छ । जीपको पारम्परिक ग्रिललाई नयाँ बनाइएको छ भने बम्पर पनि नयाँ राखिएको छ । नयाँ अलोय ह्वीलले ग्राहकको मन तान्नुका साथै फगलाइटमा पनि धेरै परिवर्तन गरिएको छ ।

नयाँ कम्पासको इन्टेरियरमा व्यापक सुधार गरिएको छ । इन्टेरियरको सबैभन्दा ठूलो आकर्षण १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम हुनेछ । त्यसैगरी, ड्यसमा रहेको एसी भेन्ट र अन्य कन्ट्रोललाई रिडिजाइन गरिएको छ । यसका साथै यसमा १०.२ इन्चको आकर्षक ड्राइभर इन्फोर्मेसन सिस्टम राखिएको छ ।

नयाँ कम्पासको सबैभन्दा माथिको भेरियन्टमा भेन्टिलेटेड सिट, वायरलेर चार्जिङ, ३६० डिग्री क्यामेरा, इलेक्ट्रिकल टेलगेट रर ८ वे इलेक्ट्रिकल ड्राइभर सिट जस्ता फिचर हुनेछन् । नयाँ कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस गरी चार भेरियन्टमा उपलब्ध हुनेछ ।

मूल्य

केहि समयअघि नाडाले प्रकाशन गरेको मूल्यमा नयाँ कम्पासको मूल्य ८४ लाख ९० हजारदेखि एक करोड ३६ लाख ९० हजार तोकिएको छ । यो मूल्यका आधारमा नयाँ कम्पासको प्रतिस्पर्धा हुन्डाई टुसान, स्कोडा क्यारोक, किया स्पोर्टेजसँग हुनेछ ।


Back_to_top