यात्रीले सार्वजनिक गर्यो नेपालमा बनेको मोटरसाइकलको भिडियो (भिडियो सहित)

काठमाडौं । नेपाली युवा इन्जिनियरको टिमले यात्री ब्राण्डमा उत्पादन गर्ने मोटरसाइकल अर्को हप्ता नेपालमा सार्वजनिक हुँदै छ । कम्पनीले सन् २०१९ मा कम्पनीले पी-० मोडलको प्रोटोटाइप सार्वजनिक गरेको थियो ।

कम्पनीले सार्वजनिक गरेको पी-० को प्रोटोटाइसभन्दा अहिले कम्पनीले सार्वजनिक गरेको भिडियोमा देखिएको मोटरसाइकल विल्कुलै फरक देखिएको छ । अप्रिल २३ मा सार्वजनिक गर्ने मिति तय भएको यात्री पी-० सँगै कम्पनीले अर्को नयाँ मोटरसाइकल पनि ल्याउन लागेको हो कि भन्ने अनुमान पनि सुरु भएको छ ।

कम्पनीले सार्वजनिक गरेको भिडियोमा यात्रीको मोटरसाइकल निकै आकर्षक र एड्भेञ्चर फिल गर्न सकिने देखिएको छ । यो मोटरसाइकल कस्तो छ र यसका सम्पूर्ण फिचरको विषयमा अर्को हप्ता मात्रै थाहा हुनेछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्


Back_to_top