निकै महंगो भयो हिरो एक्सपल्स, यस्तो छ नयाँ मूल्य

काठमाडौं । हिरो एक्सपल्सको मूल्य एकै पटक ७ हजार ५०० रुपैयाँले बढेको छ । कम्पनीले मागमा ३ हजार ५०० ले मूल्य बढाएर ३ लाख ९१ हजार ५०० बनाएको थियो । नयाँ वर्ष २०७८ लागेसँगै कम्पनीले मूल्य बढाएर ३ लाख ९९ हजार रुपैयाँ बनाएको हो ।

एड्भेञ्चर मोटरसाइकल सेग्मेन्टमा हिरो एक्सपल्स निकै राम्रो व्यापार गर्न सफल मोटरसाइकल हो । नेपाली सडकमा निकै राम्रो संख्यामा देखिन थालेको एक्सपल्स वार्षिक ४ हजार यूनिटभन्दा धेरै विक्री हुँदै आएको छ ।

मोर्डन रेट्रो र फङ्सनल डिजाइनमा निर्माण गरिएको एक्सपल्स २०० मोटरसाइकलमा आकर्षक फ्युल ट्यांकी लगाइएको छ । राउन्ड हेडल्याम्प, आर्कषक टेलाइट, इन्जिन किल स्विच, रियर ग्राब रेल, फ्रन्ट साइडमा लगाइएको विन्ड स्क्रिनले मोटरसाइकललाई निक्कै आकर्षक बनाएको छ ।

हिरो एक्सपल्समा २०० सीसी, सिङ्गल सिलिन्डर टु भल्भ इन्जिन दिएको छ । उक्त इन्जिनले १८.१ बीएच पावर र १७.१ एनएम टर्क प्रदान गर्छ । यसमा फाइभ स्पीड गियरबक्स दिइएको छ ।


Back_to_top