काठमाडौं । सामान्यतया दुई वर्षको बीचमा एउटा मोटरसाइकलको मूल्य १५ हजारदेखि २० हजारसम्म वृद्धि भएको छ । तर, यामाहाले दुई वर्षअघि नेपाल ल्याएको एक्सटीजेड १२५ को मूल्य अहिलेसम्म परिवर्तन गरेको छैन ।
नेपालको लागि यामाहाको आधिकारीक वितरक एमएडब्लु इन्टरप्राइजेज्ले सन् २०१९ को जनवरीमा नेपाल ल्याएको यो एड्भेन्चर मोटरसाइकल ३ लाख ९९ हजार ९०० मूल्य निर्धारण गरेर विक्री सुरु भएको थियो । त्यसयता कम्पनीले यसको मूल्य परिवर्तन गरेको छैन ।
नेपालका बाटो अनुसार र घुम्न हिड्ने युवा वर्गलाई लक्षित गरेर ल्याइएको एक्सटीजेड १२५ राम्रै संख्यामा विक्री हुनेगरेको कम्पनीले जनाएको छ ।
यामाहा एक्सटीजेड उच्च ग्राउन्ड क्लियरेन्स र राम्रो पफर्मेन्सका कारण धेरैले मनपराई रहेका छन् । एक्सटीजेड १२५ मा उपलब्ध फोर स्ट्रोक एसओएचसी एयर कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८००० आरपीएममा १२.५ बीएच पावर उत्पादन गर्छ भने, ६००० सय आरपीएममा ११.५ एनएम टर्क उत्पादन गर्छ ।

यामाहा एक्सटीजेड १२५को रियरमा १८ र फ्रन्टमा २१ इन्चको टायर लगाइएको छ । यस्तै, फ्रन्टमा २४० एमएमको डिस्क ब्रेक रहेको यो बाइकको तौल ११८ किलोग्राम रहेको छ ।
यो मोटरसाइकलको लम्बाई २०९० एमएम, चौडाई ८३० एमएम र उचाई १११५ एमएम रहेको छ । २६० एमएमको ग्राउन्ड क्लियरेन्स भएको यस बाइकमा ११ लिटर इन्धन क्षमताको ट्यांकी लगाइएको छ ।
यामाहाले यो मोटरसाइकलको अगाडि टेलिस्कोपिक फर्क र पछाडि स्विंग आर्म सस्पेन्सन दिएको छ ।
लाइटवेटको यामाहा एक्सटीजेड १२५ मा किक र इलेक्ट्रीक स्टार्टको अप्सन दिएको छ । दुबैमा एनालग स्पीडोमिटर र ओडोमिटर लगाइएको छ । इन्डिकेटर, हेलोजन लाइट, आकर्षक टेलल्याम्पको विशेषता दिइएको छ ।

