पछि धकेलियो हुन्डाई अल्काजारको लञ्चिङ

काठमाडौं । हुन्डाई मोटर्स इन्डियाले अप्रिल २९ बाट भारतमा विक्री सुरु गर्ने तयारी गरेको अल्काजारको लञ्चिङ कार्यक्रम सरेको छ । कम्पनीले भारतमा बढ्दो कोरोना संक्रमणको कारण यसको विक्री सुरु गर्ने मिति सारेको हो ।

अब कम्पनीले यसलाई मे अन्तिममा मात्रै बजारमा ल्याउने छ तर, मिति भने टुङ्गो लागेको छ्रैन । हुन्डाईले ६ र ७ सिट अप्सनमा बजारमा उतार्ने अल्काजारको ग्लोवल प्रिमियर भने गरिसकेको छ ।

हुन्डाई क्रेटाको प्ल्याटफर्ममा तयार भएको नयाँ एसयूभी अल्काजारमा २७६० एमएमको ह्वीलवेस दिइएको छ । जुन महिन्द्रा एक्सयूभी ५००, टाटा सफरीको भन्दा धेरै हो । क्रेटाको भन्दा १५० एमएम लामो ह्वीलवेस यसमा पाउन सकिन्छ ।

ट्वीक्ड ग्रिल, अपग्रेडेड बम्पर, दुई एग्जस्ट पाइप, आल्मुनियम स्कीड प्लेट, १८ इन्चको अलोय ह्वील जस्ता फिचर यसको एक्स्टेरियरमा पाउन सकिन्छ ।

कम्पनीले यसमा २.० लिटर क्षमताको पेट्रोल र १.५ लिटर डिजेल इन्जिन दिएको छ । यसको इन्जिन टुसानको भन्दा पावरफुल रहेको छ ।
यसमा प्रयोग भएको २.० लिटर पेट्रोल इन्जिनले अधिकतम १५९ हर्सपावर र १९२ एनएम टर्क प्रदान गर्ने छ । उक्त इन्जिनमा ६ स्पीड म्यानुयल र ६ स्पीड टर्क कन्भटर्र अटोमेटिक गियरबक्स दिइएको छ ।

यसमा रहेको डिजेल इन्जिन भने क्रेटाबाट नै लिइएको छ । उक्त इन्जिनले अधिकतम ११५ पीएस पावर र २५० एनएम टर्क प्रदान गर्ने छ । यसमा पनि ६ स्पीड म्यानुयल र ६ स्पीड टर्क कन्भटर्र अटोमेटिक गियरबक्स दिइएको छ ।


Back_to_top