काठमाडौं । कियाले आफ्नो पहिलो सब फोर मिटर एसयूभीमा एक दर्जन नयाँ फिचर थप गरेर बजारमा उतारेको छ । कम्पनीले किया सोनटमा एक वर्ष भित्रै फिचरहरु थप गरेको हो ।
सन् २०२० मा पहिलो पटक बजारमा आएको किया सोनेटले सब फोर मिटर सेग्मेन्टमा मारुती सुजुकी ब्रेजा, हुन्डाई भेन्यू, टाटा नेक्सन, फोर्ड इकोस्पोर्ट, महिन्द्रा एक्सयूभी ३००, निसान म्याग्नाइट जस्ता मोडलसँग प्रतिस्पर्धा गरिरहेको छ ।
कियाले आफ्नो लोगो र ट्यागलाइन परिमार्जन गरेसँगै सोनेटमा थप फिचर दिएर बजारमा ल्याउन लागेको हो । कियाले भारतमा उत्पादन गर्ने मोडल मध्ये सोनेटमा सबैभन्दा पहिला नयाँ लोगो दिएको छ । यसको साथै प्याडल सिफ्टर फिचर थप गरेको छ । कम्पनीले सोनेटको एचटीएक्स र जीटीएक्स प्लस भेरियन्टमा प्याडल सिफ्टरको साथ ७ स्पीड ड्यूल क्लच र ६ स्पीड अटोमेटिक गियरबक्स प्रदान गरेको छ ।
सोनेट एचटीएक्स भेरियन्ट १.५ लिटर टर्बो डिजेल र १.० लिटर टर्बो पेट्रोल इन्जिनमा उपलब्ध रहने छ । डिजेल इन्जिनमा ६ स्पीड अटोमेटिक र पेट्रोल टर्बो इन्जिनमा ७ स्पीड ड्यूल क्लच गियरबक्स उपलब्ध रहेको छ ।
कम्पनीले सोनेटको एचटीएक्स, एचटीएक्स प्लस र जीटीएक्स प्लस इन्जिनमा थुप्रै सुरक्षा फिचर थप गरेको छ । जसमा इलेक्ट्रोनिक्स स्टेविलिटी कन्ट्रोल, हिल एसिस्ट कन्ट्रोल, ब्रेक एसिस्ट, भेहिकल स्टेविलिटी मेनेजमेन्ट जस्ता फिचर दिएको छ ।
साथै, आइएमटी गियरबक्स उपलब्ध एचटीके प्लस भेरियन्टमा सनरुफ, यूभिओ कनेक्ट फिचर, भ्वाइस कमान्ड फिचर, एचटीके भेरियन्टमा क्रिष्टल कट अलोय ह्वील, किलेस इन्ट्री, ड्राइभिङ मोड जस्ता फिचर थप भएको छ ।

