काठमाडौं । डेढ महिनादेखि बन्द रहेको यातायात व्यवस्था कार्यालय भोलिदेखि खुल्ने भएको छ ।
यातायात व्यवस्था कार्यालय जगातीले एक सूचना जारी गर्दै भोलिदेखि कार्यालयका सेवा नियमित सुचारु हुने जानकारी गराएको हो ।
आइतबार काठमाडौं उपत्यका तीन जिल्लाका सीडीओहरुको बैठकले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेका थिए । सोसँगै यातायात कार्यालयले आफ्नो विविध सेवा सुचारु गर्ने भएको हो ।
यातायात कार्यालय जगातीका अनुसार भोलिदेखि सवारी चालक अनुमतिपत्रको नवीकरण, प्रतिलिपी, स्मार्ट लाइसेन्स वितरण, ट्रायल पास भई राजस्व बुझाउन बाँकी रहेका परीक्षार्थीबाट राजस्व संकलन लगायत सेवाहरु सुचारु हुनेछन् ।



