जीप कम्पास फेसलिफ्टको असार २१ बाट विक्री सुरु हुने

काठमाडौं । नेपालका लागि जीप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लु लाइफले आउँदो असार २१ गते सोमबार नयाँ कम्पासलाई भर्चुअल माध्यमबाट नेपालमा सार्वजनिक गर्ने भएको छ । यसअघि नै प्रि-बुकिङको घोषणा गरिसकेको एमएडब्लु लाइफले सोही दिनदेखि नयाँ कम्पासको डेलिभरी पनि सुरु गर्ने जनाएको छ ।

नयाँ कम्पासलाई मिडिया पर्सनालिटी भुषण दाहाल र नेपालका स्टाइल आइकन प्रशान्त ताम्राकारले सार्वजनिक गर्ने जनाइएको छ । उक्त भर्चुअल लञ्चको प्रत्येक्ष प्रशारण जीप नेपालको फेसबुक र इन्स्टाग्राम पेजमा सोमबार साँझ ५ः३० मा हेर्न सकिने कम्पनीले जनाएको छ ।

स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेल गरी चार ट्रिममा उपलब्ध हुने नयाँ कम्पासको मूल्य ८४ लाख ९० हजारदेखि एक करोड ३६ लाख ९० हजार रुपैयाँको बीचमा राखिएको छ ।

नयाँ कम्पास अघिल्लो मोडेल झैं दुई वटा पावरट्रेनमा उपलब्ध हुनेछ । १.४ लिटरको मल्टिएअर टर्बो इन्जिनले अधिकतम १६० एचपी पावर र २५० एनएम टर्क उत्पन्न गर्नेछ । यो ६ स्पिड म्यानुअल ट्रान्समिसन र ७ स्पिड डीसीटी अटोमेटिक अप्सनमा उपलब्ध हुनेछ ।

त्यसैगरी, २.० लिटर मल्टिजेट टु इन्जिनले १७० एचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्नेछ । यो भने ६ स्पिड म्यानुअल ट्रान्समिसन र ९ स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ ।

नयाँ कम्पासको स्टाइल अघिल्लो संस्करणमा झैं उल्लेखनीय छ । यसमा पहिले झैं सेभेन स्लट ग्रिल र ट्रापेजोइडल ह्विल आर्क, रिफ्लेक्टर र एलइडी प्रोजेक्टरसहितको हेडल्याम्प रहनेछ । तर इन्टेरियरमा भने व्यापक परिवर्तन गरिएको छ ।

२०२१ कम्पासको क्याबिनमा मेटल ब्रोले घेरिएको मिड–बोल्स्टर पिस छ, जसले इन्टेरियरको आकर्षणलाई उत्कृष्ट बनाएको छ । ड्यासबोर्ड डिजाइन पनि अपडेट गरिएको छ । ग्राहकले ट्रिम र भेरियन्टअनुसार लेदर र फेब्रिक अपहोल्स्ट्रीमा ड्यूल टोन र फुल ब्ल्याक कम्बिनेसन पाउनेछन् ।

फिचरको कुरा गर्दा यु कनेक्टसहितको १०.१ इन्चको हाई डेफिनेसन डिस्प्ले, वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो कनेक्सन हुनेछ । कन्टेन्ट स्क्रिनलाई स्टेरिङमा रााखिएको बटनहरुबाट कन्ट्रोल गर्न सकिन्छ । साथै, ३६० डिग्री रिमोट क्यामेरा, क्र्युज कन्ट्रोल, बटन अपरेटेड पावर लिफ्ट गेट, इलेक्ट्रोनिक पार्किङ ब्रेक, हिलहोल्ड एन्ड हिल डिसेन्ट कन्ट्रोल, सेलेकटेरेन ४ बाई ४ सिस्टम, ६ एयरब्याग, प्यानिक ब्रेक असिस्ट, रेन ब्रेक सपोर्ट लगायत ५० भन्दा बढी फिचर रहनेछ ।


Back_to_top